ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षकसँग सहमति गर्न सात बुँदे प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी


एबीसी न्यूज

काठमाडौं ८ बैशाख । सरकारले शिक्षकहरूले अघि सारेका मागहरूमध्ये केही माग सम्बोधनका लागि मन्त्रिपरिषदमा लैजाने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सात बुँदे प्रस्ताव तयार गरेर अब बस्ने मन्त्रिपरिषदमा लैजाने तयारी भइरहेको जानकारी दिएको हो ।

सात बुँदे प्रस्तावमा आन्दोलनरत शिक्षकहरूको तर्फबाट समेत सहमति जनाइएको शिक्षा मन्त्रालयको भनाइ छ । तर शिक्षा मन्त्रालयले आफूखुशी सात बुँदे प्रस्ताव तयार गरेको नेपाल शिक्षक महासङ्घकी सहअध्यक्ष नानुमाया पराजुलीले बताउनुभयो ।

विद्यालय शिक्षा ऐन जारी गर्न वैशाख १२ गते संसद्को अधिवेशन आह्वान गरिएको छ । यही अधिवेशनमा विधेयक पेश गर्ने तयारी सरकारको छ । त्यसका लागि संसद्को शिक्षा समितिअन्तर्गत उपसमितिमा छलफल भइरहेको छ ।

गएको वर्षको असोजमा सरकारले गरेको ११ बुँदे सहमति कार्यान्वयन गर्दै यथाशक्य छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरं २० दिनदेखि काठमाण्डौको सडकमा आन्दोलित छन् ।

यसअघि दिउँसो १२ देखि ३ बजेसम्म आन्दोलन गर्दै आएका शिक्षकहरूले अब भने बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म आन्दोलन गर्न थालेका छन् । दिउँसोको समयमा सर्वसाधारणलाई मात्रै दुःख भएकाले विशेषगरी सरकारी कर्मचारी, नेता, सांसद, मन्त्रीलाई पनि अवरोध गराउने उद्देश्यले बिहान आन्दोलन शुरू गरेको शिक्षकहरूको भनाइ छ ।

सरकारले विभिन्न बहानामा आन्दोलन रोकेर शिक्षकहरूलाई विद्यालय फर्किन आग्रह गरे पनि विधेयक हातमा नपरेसम्म नफर्किने उनीहरूको अडान छ ।

यसैबीच आन्दोलनरत शिक्षकहरूले घर फर्किने क्रममा गाडी दुर्घटनामा ज्यान गुमाएका शिक्षकहरूको सम्झनामा सडकमै शोक मनाउने भएको छ । मनाङको नार्फु गाउँपालिका–८ घर भई नासोँ गाउँपालिका–८ मा रहेको जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक मन घलेको हिजो ज्यान गएको हो ।

शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले आज सडकमै शोक मनाउने भन्दै कुनै नाचगान र मनोरञ्जनका कार्यक्रम नगर्न शिक्षकहरूलाई आग्रह गर्नुभएको छ । यस्तै उहाँले प्रधानमन्त्री, शिक्षामन्त्री, गृहमन्त्री र अर्थमन्त्रीलाई गालीगलौज नगर्न पनि आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com