काठमाडौं ८ बैशाख । क्यानडाको आमचुनाव हुनुभन्दा अघि धेरै क्यानेडियाली नागरिकहरूले अग्रिम मतदानमा भाग लिएका छन् । अग्रिम मतदान आज सकिँदैछ ।
क्यानडाको आमचुनावका लागि यही अप्रिल २८ मा मतदान हुने तालिका छ । क्यानडामा अग्रिम मतदानको नियम अनुसार मतदाताहरूले मतदान गरेका बीबीसीले जनाएको छ । अग्रिम मतदानमा कीर्तिमानी मतदान भएको खबरमा उल्लेख छ ।
आउँदो आमचुनाव क्यानडाको सबैभन्दा महत्त्वपूर्ण चुनावहरूमध्ये एक मानिएको छ । क्यानडाले अमेरिकाको शुल्क वृद्धिको सामना गरिरहेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई अमेरिकामा विलय गर्ने योजना जस्ता खतराहरूको पनि ओटाओले सामना गरिरहेको छ ।
अग्रिम मतदानमा लिबरल पार्टीका नेता, प्रधानमन्त्री तथा पूर्वकेन्द्रीय बैंकर मार्क कार्नी अगाडि हुनुहुन्छ । तर उहाँको प्रतिद्वन्द्वी कन्जरभेटिभका पियरे पोइलिभ्रेले पनि राम्रो सार्वजनिक समर्थन पाइरहनुभएको छ ।
केही समयअघि मात्र क्यानडाका पूर्वप्रधानमन्त्री जस्टिन ट्रुडोको ठाउँमा वर्तमान प्रधानमन्त्री मार्क कार्नी आउनुभएको छ । आफ्नै पार्टीको बढ्दो दबावका कारण ट्रुडोले गएको जनवरीमा प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।








प्रतिक्रिया दिनुहोस्