ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईपीएल क्रिकेटमा पञ्जाबले बेङ्गलुरुलाई ५ विकेटले हरायो


एबीसी न्यूज
बैशाख ६, २०८२ शनिबार  ६ : ५९ बजे

काठमाडौं, ६ बैशाख ।   इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब किङ्ग्सले रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) लाई ५ विकेटले हराएको छ ।

गएराति भएको खेलमा जीतका लागि ९६ रनको सामान्य लक्ष्य पछ्याएको पन्जाबले १२ ओभर एक बलमा ५ विकेट गुमाउँदै भेट्टायो । बेङ्गलुरुलाई उसैको घरेलु मैदान बेङ्गलुरुमा हराएको पञ्जाबको यो पाँचौं जीत हो ।

पञ्जाबका नेहाल वाडेराले अविजित ३३ रन बनाए । बेङ्गलुरुका जोश हेजलउडले तीन तथा भुवनेश्वर कुमारले दुई विकेट लिए ।

वर्षाले प्रभावित खेल ढिला शुरू भएको थियो । २० ओभरको खेललाई १४ ओभरमा घटाइएको थियो । टस हारेर पहिला ब्याटिङ गरेको बेङ्गलुरुले निर्धारित १४ ओभरमा ९ विकेट गुमाउँदै ९५ रन बनाएको थियो ।

उसले ७ विकेट गुमाउँदा ४२ रन मात्र बनाएको थियो । उसका टिम डेविटले अविजित अर्धशतक बनाए । पञ्जाबका अर्शदीप सिंह, मार्को जानसेन, युजभेन्द्र चाहाल र हरप्रीत ब्रारले समान दुई विकेट लिए ।

पञ्जाबको ७ खेलमा १० अङ्क भएको छ । पञ्जाब तालिकाको दोस्रो स्थानमा छ । समान ७ खेलमा ८ अङ्कसहित बेङ्गलुरु तालिकाको चौथो स्थानमा छ ।

आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । नेपाली समयअनुसार दिउँसो पौने ४ बजे गुजरात टाइटन्स र दिल्ली क्यापिटल्स तथा बेलुका पौने ८ बजे राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्सबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

क्वेाने समाज युकेले बनायाे कागबेनीमा गुम्बा

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

सम्बन्धित

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

नेपालले श्रीलङ्का ‘ए’ लाई ७ विकेटले हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com