ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईपीएल क्रिकेटमा पञ्जाबले बेङ्गलुरुलाई ५ विकेटले हरायो


एबीसी न्यूज

काठमाडौं, ६ बैशाख ।   इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब किङ्ग्सले रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) लाई ५ विकेटले हराएको छ ।

गएराति भएको खेलमा जीतका लागि ९६ रनको सामान्य लक्ष्य पछ्याएको पन्जाबले १२ ओभर एक बलमा ५ विकेट गुमाउँदै भेट्टायो । बेङ्गलुरुलाई उसैको घरेलु मैदान बेङ्गलुरुमा हराएको पञ्जाबको यो पाँचौं जीत हो ।

पञ्जाबका नेहाल वाडेराले अविजित ३३ रन बनाए । बेङ्गलुरुका जोश हेजलउडले तीन तथा भुवनेश्वर कुमारले दुई विकेट लिए ।

वर्षाले प्रभावित खेल ढिला शुरू भएको थियो । २० ओभरको खेललाई १४ ओभरमा घटाइएको थियो । टस हारेर पहिला ब्याटिङ गरेको बेङ्गलुरुले निर्धारित १४ ओभरमा ९ विकेट गुमाउँदै ९५ रन बनाएको थियो ।

उसले ७ विकेट गुमाउँदा ४२ रन मात्र बनाएको थियो । उसका टिम डेविटले अविजित अर्धशतक बनाए । पञ्जाबका अर्शदीप सिंह, मार्को जानसेन, युजभेन्द्र चाहाल र हरप्रीत ब्रारले समान दुई विकेट लिए ।

पञ्जाबको ७ खेलमा १० अङ्क भएको छ । पञ्जाब तालिकाको दोस्रो स्थानमा छ । समान ७ खेलमा ८ अङ्कसहित बेङ्गलुरु तालिकाको चौथो स्थानमा छ ।

आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । नेपाली समयअनुसार दिउँसो पौने ४ बजे गुजरात टाइटन्स र दिल्ली क्यापिटल्स तथा बेलुका पौने ८ बजे राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्सबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com