ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईपीएल क्रिकेट : मुम्बईले दिल्लीलाई १२ रनले हरायो,राजस्थान बैङ्गलुरुसँग नौ विकेटले पराजित


एबीसी न्यूज
बैशाख १, २०८२ सोमबार   ७ : २१   बजे

काठमाडौं, १ वैशाख ।  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई हराएको छ ।

प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको दिल्लीलाई मुम्बईले १२ रनले हराएको हो । मुम्बईले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभरमा सबै विकेट गुमाएर १ सय ९३ रन मात्र बनाउन सक्यो ।

दिल्लीका करुण नायरले सर्वाधिक ८९ रन बनाए । अभिषेक पोरेलले ३३ रन जोडे । मुम्बईका करन शर्माले ३ र मिचेल सान्टनेरले २ विकेट लिए । त्यस अघि अरुण जेटली स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियो । मुम्बईका तिलक वर्माले ५९ रन बनाए ।

यस्तै रायन रिक्लट्नले ४१ र सूर्य कुमार यादवले ४० रन जोडे । दिल्लीका विपराज निगम, कुलदीप यादवले समान २ विकेट लिए । ५ खेलमा ८ अङ्क जोडेको दिल्ली अङ्क तालिकाको दोस्रो स्थानमा झरेको छ । मुम्बई ६ खेलमा ४ अङ्कसहित सातौं स्थानमा उक्लिएको छ ।

यस्तै हिजोको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैङ्गलुरुले राजस्थान रोयल्सलाई नौ विकेटले पराजित गरेको छ । राजस्थानले दिएको १७४ रनको लक्ष्य पछ्याएको बैङ्गलुरुले १७ ओभर ३ बलमा एक विकेट गुमाउँदै १७५ रन बनाएको हो। बैङ्गलुरुका ओपनर फिल साल्टले सर्वाधिक ६५ रन बनाए ।

विराट कोहलीले अविजित रहँदै ६३ रन जोडे । राजस्थानका कुमार कार्तिक्याले एक विकेट लिए । त्यसअघि सवाई मानसिंह स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १७३ रन बनाएको थियो ।

राजस्थानका ओपनर यशवी जैशवालले सर्वाधिक ७५ रन बनाए । रियान परागले ३० र धुर्व जिरेलले ३५ रन जोडे । बैङ्गलुरुका भुवनेश्वर कुमार, यश दयाल, जोश हजलउड र कुर्णाल पाण्ड्याले समान एक विकेट लिए ।

जीतसँगै तेस्रो स्थानमा फर्किएको बैङ्गलुरुले ६ खेलबाट आठ अङ्क पुर्‍याएको छ। समान खेलबाट राजस्थान चार अङ्कसहित सातौं स्थानमा छ।

आईपीएलमा आज लखनउ सुपर जायन्ट्स र चेन्नई सुपर किङ्स खेल्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

घरेलु मैदानमा क्यानडाको संघर्षपूर्ण सुरुआत, लारिन बने उद्धारकर्ता

दक्षिण कोरियाको रोमाञ्चक पुनरागमन, चेकियामाथि २–१ को जितसँगै विश्वकपमा विजयी सुरुआत

विश्वकपको उद्घाटनमै इतिहास : मेक्सिकोको जित, तीन रातो कार्ड र विश्वकपले देखायो नयाँ रेकर्ड

फिफा विश्वकप २०२६ : कुन टोलीबीच कहाँ र कहिले हुँदैछन् खेल?

फिफा विश्वकप २०२६: फुटबलको नयाँ युग, नियमको क्रान्ति र ५० अर्ब डलरको सट्टेबाजी बजार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group