ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्प कर वृद्धिबाट पछि हटेपछि ईयूद्वारा अमेरिकाविरुद्धको प्रतिशोधात्मक भन्सार शुल्क स्थगित


एबीसी न्यूज
चैत्र २८, २०८१ बिहीबार  ६ : ५४ बजे

काठमाडौं २८ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ९० दिनका लागि भन्सार वृद्धि रोकेपछि युरोपेली युनियन ९ईयू० ले अमेरिकाविरुद्धको प्रतिशोधात्मक भन्सार शुल्क स्थगित गरेको छ ।

चीनबाहेक सबै देशहरूका लागि ट्रम्पको विश्वव्यापी १० प्रतिशत आधारभूत शुल्क कायमै छ । अमेरिकामा प्रवेश गर्ने सबै आल्मुनियम, स्टील र कारहरूका लागि २५ प्रतिशत दर पनि कायमै छ ।

ट्रम्पले चिनियाँ सामानमा १२५ प्रतिशत कर लगाएपछि बेइजिङ र वाशिङ्गटनबीचको व्यापार युद्ध झनै गहिरिँदै गएको बीबीसीले जनाएको छ । चीनले पनि अमेरिकी सामानमा ८४ प्रतिशत कर लगाएर बदला लिएको छ ।

यसैबीच चीनले अमेरिकी राष्ट्रपति ट्रम्पको करनीतिविरुद्धको लडाइँमा गरेको साझेदारीको प्रस्तावलाई अस्ट्रेलियाले अस्वीकार गरेको छ । अमेरिकाले अस्ट्रेलियाली सामानहरूमा पनि १० प्रतिशत कर लगाएको छ ।

अस्ट्रेलियाका लागि चीनका राजदूत सियाओ कियानले अस्ट्रेलियासँग सहकार्यका लागि अपील गर्दै संयुक्त विरोध नै अमेरिकाको आधिपत्यवादी र डरलाग्दो व्यवहार रोक्ने एकमात्र तरिका रहेको बताउनुभएको खबरमा उल्लेख छ ।

यद्यपि अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले अस्ट्रेलियालीहरूले आफ्नो पक्षमा बोल्ने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com