ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनले आफ्ना नागरिकलाई भन्याे– ‘अमेरिका जानुअघि साेच्नु’


एबीसी न्यूज
चैत्र २८, २०८१ बिहीबार  ६ : ५२ बजे

काठमाडौं २८ चैत । चीनले आफ्ना नागरिकलाई अमेरिका यात्रा गर्नुअघि सावधानी अपनाउन आग्रह गरेको छ । अमेरिकासँग बढ्दो व्यापार युद्धका बीच चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले सार्वजनिक गरेको ट्राभल एड्भाइजरीु मा नागरिकलाई सावधानीपूर्वक यात्रा गर्न र अमेरिका जानुअघि सम्भावित जोखिमको पूर्ण मूल्याङ्कन गर्न सुझाव दिइएको हो ।

चीन–अमेरिका आर्थिक र व्यापार सम्बन्धमा गिरावट र अमेरिकाको घरेलु सुरक्षा नीतिका कारण एड्भाइजरी जारी गरिएको मन्त्रालयले जनाएको छ । यस्तै चीनको शिक्षा मन्त्राललयले पनि आफ्ना विद्यार्थीलाई अमेरिकामा अध्ययनको निर्णय गर्नुअघि सुरक्षा जोखिम आँकलन गर्न चेतावनी दिएको छ ।

भन्सार महसूललाई लिएर चीन र अमेरिकाबीच तनाव बढ्दो छ । चीनले अमेरिकी वस्तुमा ८४ प्रतिशत भन्सार शुल्क घोषणा गरेको छ । यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामग्रीमा एक सय २५ प्रतिशत भन्सार शुल्क लगाउनुभएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सबै देशका लागि भन्सार शुल्क लगाउनुभएको भए पनि चर्को आलोचनापछि आज चीनबाहेकका देशमा ९० दिनका लागि स्थगित गर्नुभएको छ । चीनले जवाफी कर लगाएकोले फिर्ता नगरेको अमेरिकाको दाबी छ ।

यसैबीच चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङ्गले आफूहरू नयाँ करनीतिबाट पछि नहट्ने बताउनुभएको छ । सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गर्दै उहाँले यो व्यापार युद्ध जति लामो चले पनि चीन कहिल्यै नझुक्ने बताउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com