ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकालाई चेतावनी: ‘चीन चुप बस्दैन’


एबीसी न्यूज
चैत्र २८, २०८१ बिहीबार  १ : ३५ बजे

काठमाडौं २८ चैत । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले १२५ प्रतिशत कर लगाएपछि चीन पनि आक्रामक बन्दै गएको छ। एक अधिकारीले चीन ुचुप नबस्नेु चेतावनी दिएका छन्।

अमेरिकाले चिनियाँ सामानको भन्सार महसुल बढाउँदै बढाउँदै १०४ प्रतिशत पुर्‍याएपछि बुधबार चीनले पनि अमेरिकाबाट आयात हुने वस्तुको कर ३४ प्रतिशतबाट बढाएर ८४ प्रतिशत पुर्‍याएको थियो।

यसपछि अमेरिकी राष्ट्रपति ट्रम्पले चीनविरुद्ध आयात शुल्क १०४ प्रतिशतबाट पनि बढाएर १२५ प्रतिशत पुर्‍याएका छन्।

यसैबीच चीनको प्रतिक्रिया आएको हो।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले वाणिज्य मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै भनेको छ, ‘आफ्ना जनताको अधिकार र हितमा ठेस पुग्दा चिनियाँ सरकार कुनै पनि हालतमा चुप लाग्दैन।’

चीनको एक सरकारी अखबारले सम्पादकीयमा लेखेको छ, ‘वैश्विक एकताले व्यापार तानाशाहीमाथि विजय प्राप्त गर्न सक्छ।’

त्यसमा जापान, दक्षिण कोरिया र अन्य एसियाली अर्थव्यवस्थासँग बेइजिङको सहयोगको उल्लेख गरिएको छ।

यसैबीच चीनका वाणिज्यमन्त्री वाङ वेन्ताओले युरोपेली व्यापार आयुक्त मारोस सेफकोभिक र मलेसियाका व्यापारमन्त्री जाफ्रुल अजिजसँग वार्ता गरेको बीबीसीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com