काठमाडौं २६ चैत । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पहिलोपटक सार्वजनिक रूपमा युक्रेनी सेना रुसको बेल्गोरोड क्षेत्रमा सक्रिय रहेको स्वीकार गरेका छन्
बेल्गोरोड युक्रेनसँग सिमानामा रहेको क्षेत्र हो।
बीबीसीका अनुसार जेलेन्स्कीले भनेका छन्, ‘हाम्रो अपरेसन दुस्मन ९रुस० सँग सिमानामा रहेका क्षेत्रमा जारी छ। यो बिल्कुल सही हो।’
रुसले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गरेयता दुई देशबीचको लडाइँ जारी छ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रुसबीच युद्धविराम गराउने प्रयास गरिरहेका भए पनि अहिलेसम्म सफल हुन सकेका छैनन्।
हालै ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युद्धविराममा सहमत भएनन् भने रुसबाट तेल खरिद गर्ने देशमा ५० प्रतिशत कर लगाउने चेतावनी दिएका थिए।








प्रतिक्रिया दिनुहोस्