ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तर्राष्ट्रिय फौजदारी अदालतबाट बाहिरिने हङ्गेरीको घोषणा


एबीसी न्यूज

काठमाडौं २१ चैत । हङ्गेरीको सरकारले अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसी बाट बाहिरिने घोषणा गरेको छ ।

आईसीसीको गिरफ्तारी पुर्जीअन्तर्गत खोजी गरिएका इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु हङ्गेरी राज्य भ्रमणका लागि आइपुगेको केही घण्टापछि प्रधानमन्त्री भिक्टर ओर्बनको सरकारका एक वरिष्ठ अधिकारीले यो कदमको घोषणा गरेका बीबीसीले जनाएको छ ।

गएको नोभेम्बरमा गिरफ्तारी पुर्जी जारी हुनेबित्तिकै हङ्गेरीका प्रधानमन्त्री ओर्बानले यो फैसलाले आफ्नो देशमा कुनै प्रभाव नपार्ने भन्दै नेतान्याहुलाई आमन्त्रित गर्नुभएको थियो ।

गएको नोभेम्बरमा आईसीसीका न्यायाधीशहरूले इजरायल र हमासबीचको युद्धको क्रममा कथित युद्ध अपराध र मानवताविरुद्धको अपराधका लागि नेतान्याहुले ‘आपराधिक जिम्मेवारी’ वहन गर्ने ‘उचित आधार’ रहेको बताएका थिए । नेतान्याहुले आईसीसीको निर्णयलाई ‘यहुदी विरोधी’ भनेर निन्दा गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय अदालत आईसीसीलाई नरसंहार, मानवताविरुद्धको अपराध र युद्ध अपराधका आरोपीहरूलाई मुद्दा चलाउने अधिकार छ । हङ्गेरी आईसीसीको संस्थापक सदस्य हो । आईसीसीमा एक सय २५ सदस्य राष्ट्र छन् र हङ्गेरी यसबाट बाहिरिने पहिलो युरोपेली सङ्घ राष्ट्र हुनेछ ।

रोम विधानको धारा १२७ अनुसार हङ्गेरीले अब संयुक्त राष्ट्रसङ्घका महासचिवलाई सन्धि त्याग्न लिखित सूचना पठाउनुपर्ने र एक वर्षपछि फिर्ता हुने प्रक्रिया लागू हुने खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com