ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकै धनाढ्यहरुको सम्पत्ति २० खर्ब डलरले बढ्यो, अर्बपतिहरुको सूचीमा अधिकांश अमेरिकी


एबीसी न्यूज

काठमाडौं २१ चैत । फोर्ब्सले सन् २०२५ का लागि विश्वका अर्बपतिहरुको सूची सार्वजनिक गरेको छ । यस वर्ष विश्वका अर्बपतिहरुको सूचीमा ३ हजार २८ उद्यमीहरु रहेका छन् ।

जुन गएको वर्षको तुलनामा २४७ ले बढी हो । यी धनाढ्यहरुको सम्पत्ति गएको वर्षको तुलनामा २० खर्ब डलरले बढेर समग्रमा १६१ खर्ब डलर पुगेको फोर्ब्सले जनाएको छ ।

अमेरिका सबैभन्दा धेरै अर्बपति जन्माउने देश बनेको छ । अमेरिका ९०२ अर्बपतिसहित सूचीको शीर्ष स्थानमा छ । फोर्ब्सको सूचीमा भएका शीर्ष १० धनाढ्यहरुमध्ये ८ स्थानमा अमेरिकी नाम रहेको छ ।

अमेरिकापछि हङकङसहित चीन ५ सय १६ अर्बपतिसहित दोस्रो स्थानमा रहेको छ भने भारत २०५ अर्बपतिसहित तेस्रो स्थानमा छ । सूचीअनुसार एलन मस्क ३ सय ४२ अर्ब डलर सम्पत्तिसहित विश्वकै धनी व्यक्ति हुनुभएको फोर्ब्सले जनाएको छ । दोस्रो स्थानमा २१६ अर्ब डलर सम्पत्तिका साथ मेटाका मार्क जुकरबर्ग रहनुभएको छ ।

यस्तै पहिलो पटक ३ जना अर्बपतिको सम्पत्ति २ सय अर्ब डलरभन्दा बढी भएको छ । फोर्ब्सको सूचीमा सय अर्ब डलरभन्दा बढी सम्पत्ति भएका अर्बपतिहरू १५ जना छन् ।

यस वर्ष २८८ जना नयाँ अर्बपति फोर्ब्सको सूचीमा परेका छन् । पछिल्ला वर्षमा प्रविधि क्षेत्रअन्तर्गत आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० मा लगानी गर्नेहरूको सम्पत्ति र त्यसबाट अर्बपति बन्नेहरूको सङ्ख्या विश्वव्यापी रूपमै बढ्दै गएको फोर्ब्सको २०२५ सूचीले देखाएको छ । पहिलो १० स्थानमा रहेका अर्बपतिमध्ये ७ जना प्रविधि व्यवसाय क्षेत्रका छन् ।

यसैबीच फोर्ब्स बिलिनियर्स लिस्ट भनेर वार्षिक रूपमा सार्वजनिक हुने विश्वकै धनाढ्यहरूको सूचीमा नेपालबाट भने यस पटक पनि विनोद चौधरी एक्लै समावेश हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com