ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकै धनाढ्यहरुको सम्पत्ति २० खर्ब डलरले बढ्यो, अर्बपतिहरुको सूचीमा अधिकांश अमेरिकी


एबीसी न्यूज
चैत्र २१, २०८१ बिहीबार  १० : १८ बजे

काठमाडौं २१ चैत । फोर्ब्सले सन् २०२५ का लागि विश्वका अर्बपतिहरुको सूची सार्वजनिक गरेको छ । यस वर्ष विश्वका अर्बपतिहरुको सूचीमा ३ हजार २८ उद्यमीहरु रहेका छन् ।

जुन गएको वर्षको तुलनामा २४७ ले बढी हो । यी धनाढ्यहरुको सम्पत्ति गएको वर्षको तुलनामा २० खर्ब डलरले बढेर समग्रमा १६१ खर्ब डलर पुगेको फोर्ब्सले जनाएको छ ।

अमेरिका सबैभन्दा धेरै अर्बपति जन्माउने देश बनेको छ । अमेरिका ९०२ अर्बपतिसहित सूचीको शीर्ष स्थानमा छ । फोर्ब्सको सूचीमा भएका शीर्ष १० धनाढ्यहरुमध्ये ८ स्थानमा अमेरिकी नाम रहेको छ ।

अमेरिकापछि हङकङसहित चीन ५ सय १६ अर्बपतिसहित दोस्रो स्थानमा रहेको छ भने भारत २०५ अर्बपतिसहित तेस्रो स्थानमा छ । सूचीअनुसार एलन मस्क ३ सय ४२ अर्ब डलर सम्पत्तिसहित विश्वकै धनी व्यक्ति हुनुभएको फोर्ब्सले जनाएको छ । दोस्रो स्थानमा २१६ अर्ब डलर सम्पत्तिका साथ मेटाका मार्क जुकरबर्ग रहनुभएको छ ।

यस्तै पहिलो पटक ३ जना अर्बपतिको सम्पत्ति २ सय अर्ब डलरभन्दा बढी भएको छ । फोर्ब्सको सूचीमा सय अर्ब डलरभन्दा बढी सम्पत्ति भएका अर्बपतिहरू १५ जना छन् ।

यस वर्ष २८८ जना नयाँ अर्बपति फोर्ब्सको सूचीमा परेका छन् । पछिल्ला वर्षमा प्रविधि क्षेत्रअन्तर्गत आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० मा लगानी गर्नेहरूको सम्पत्ति र त्यसबाट अर्बपति बन्नेहरूको सङ्ख्या विश्वव्यापी रूपमै बढ्दै गएको फोर्ब्सको २०२५ सूचीले देखाएको छ । पहिलो १० स्थानमा रहेका अर्बपतिमध्ये ७ जना प्रविधि व्यवसाय क्षेत्रका छन् ।

यसैबीच फोर्ब्स बिलिनियर्स लिस्ट भनेर वार्षिक रूपमा सार्वजनिक हुने विश्वकै धनाढ्यहरूको सूचीमा नेपालबाट भने यस पटक पनि विनोद चौधरी एक्लै समावेश हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

म यसकारण ‘विचौलिया’ –डा मिनेन्द्र रिजाल (भिडियो वार्ता)

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com