ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाले आजबाट सुरु गर्दै ‘जस्तालाई तस्तै कर’, ह्वाइट हाउस भन्छ, नयाँ कर नीति तत्काल लागू हुन्छ


एबीसी न्यूज

काठमाडौं २० चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार विश्वभर ‘जस्तालाई तस्तै कर’ लगाउने घोषणा गर्ने भएका छन्।

मंगलबार ह्वाइट हाउसले दिएको जानकारी अनुसार ट्रम्पले बुधबार स्थानीय समयअनुसार दिउँसो ४ बजे रोज गार्डेनमा आयोजित ‘मेक अमेरिका वेल्दी अगेन’ कार्यक्रममा सम्बोधन गर्नेछन्।

यही कार्यक्रममा उनी ‘रेसिप्रोकल टैरिफ’ ९जस्तालाई तस्तै कर० को औपचारिक घोषणा गर्नेछन्।

घोषणा लगत्तै कर लागू हुने

ह्वाइट हाउसकी प्रेस सचिव कैरोलीन लेविटले राष्ट्रपति ट्रम्पले घोषणा गरेसँगै नयाँ कर नीति लागू भइहाल्ने बताइन् ।

‘घोषणा भएको तुरुन्तै नयाँ कर प्रणाली लागू गरिनेछ’ उनले भनिन्, ‘राष्ट्रपति ट्रम्पले अप्रिल २ लाई अमेरिकाको ‘मुक्ति दिवस’ भनी व्याख्या गरेका छन्, र सोही दिन भारतसहित विभिन्न देशहरूमा नयाँ कर लगाउने तयारी गरेका छन्।’

अमेरिकाको ‘जस्तालाई तस्तै कर’ के होरु

भन्सार शुल्क भन्नाले कुनै पनि देशले बाहिरबाट आयात गरिने सामानमा लगाउने कर वा शुल्क हो। यो कर सो वस्तु आयात गर्ने कम्पनीहरूले तिर्नुपर्ने हुन्छ।

विभिन्न देशहरू शुल्क घटाउने वा बढाउने प्रक्रियामार्फत आपसी व्यापार नियन्त्रण गर्छन्।

छिमेकी भारतलाई शतप्रतिशत कर

अमेरिकी संसदको संयुक्त अधिवेशनमा ट्रम्पले भनेका थिए, ‘भारतले हामीमाथि १०० प्रतिशत भन्दा बढी शुल्क लगाउँछ, अब हामी पनि त्यस्तै गर्नेछौं ।’

ट्रम्पले यदि कुनै कम्पनीले अमेरिका बाहिर उत्पादन गर्छ भने उसले भन्सार शुल्क तिर्नुपर्ने र केही अवस्थामा यो कर अत्यधिक उच्च हुने स्पष्ट पारेका छन् ।

उनले थपे, ‘अन्य देशहरूले अमेरिकामाथि वर्षौंदेखि उच्च कर लगाउँदै आएका छन्, तर हामीले भने न्यून शुल्क लगाएका छौँ। अब हामीले पनि जस्तालाई तस्तै जवाफ दिनुपर्छ ।’

उनले हाँस्दै थपे, ‘म यो कर अप्रिल १ बाटै लागू गर्न चाहन्थेँ, तर त्यस दिन ‘अप्रिल फूल’ हुने भएकाले २ तारिख रोजें।’

ट्रम्पले भारतसहित अन्य देशहरूले अमेरिकी सामानमाथिको कर कटौती गर्न लागेको दाबी गरेका छन्।

उनका अनुसार, युरोपियन युनियनले आफ्नो भन्सार शुल्क २।५ प्रतिशतले घटाइसकेको छ, र भारत पनि यसलाई घटाउने तयारीमा छ।

तर, भारतले यसअघि अमेरिकी दाबीहरू खण्डन गर्दै आएको छ।

भारतीय वाणिज्य सचिव सुनील बर्थवालले संसदीय समितिलाई जानकारी दिँदै भनेका थिए, ‘अमेरिका र भारतबीच भन्सार शुल्क कटौतीबारे कुनै औपचारिक सहमति भएको छैन।’

चीन, जापान र दक्षिण कोरियाको संयुक्त प्रतिरोध ट्रम्पको नयाँ भन्सार शुल्क घोषणाको विरोध गर्दै चीन, जापान र दक्षिण कोरिया एकजुट भएका छन्।

ती देशहरूले आपसी व्यापार प्रवर्द्धन गर्न स्वतन्त्र व्यापार सम्झौता गर्ने सम्भावना व्यक्त गरेका छन्।

ट्रम्पले आज गर्ने घोषणाले विश्व व्यापारमा के प्रभाव पार्नेछ भन्नेबारे विश्लेषकहरू सतर्क रहेका छन्। विशेष गरी, भारत(अमेरिका व्यापार सम्बन्धमा यसको दीर्घकालीन असर पर्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com