काठमाडौं १५ चैत । राजावादी प्रदर्शनका क्रममा शुक्रबार कोटेश्वरमा गोली लागेका २ जनाको काठमाडौँको ट्रमा सेत्टरमा उपचार भइरहेको छ।
एकजनाको हातमा र अर्का एकजनाको पेटमा गोली लागेको छ। पेटमा गोली लागेका बिरामीको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।
ट्रमा सेन्टरमा अन्य २ जना घाइतेको पनि उपचार भइरहेको छ। शुक्रबार भएको राजावादी प्रदर्शनमा प्रहरीको गाली लागेर एकजनाको ज्यान गएको छ भने अर्का एकजनाको आगोले जलेर मृत्यु भएको छ।
प्रहरी र प्रदर्शनकारी दुवैतर्फ गरी ३० जना घाइते भएका गृहमन्त्रालयले जनाएको छ।
सरकारी तथा निजी गाडी, व्यक्तिगत घर, संघ संस्थाका कार्यालयमा आगजनी तथा तोडफोड गरिएको छ।








प्रतिक्रिया दिनुहोस्