काठमाडौं १५ चैत । काठमाडौँको तीनकुनेस्थित एक भवनमा राजावादीहरूले आगो लगाउँदा एक जना पत्रकारको ज्यान गएको छ।
भवनको छतमा चढेर टेलिभिजनका लागि दृश्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको प्रत्यक्षदर्शीले जानकारी दिए।
राजावादीहरूले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि वरपरका घरमा तोडफोड र आगजनी भएको थियो।
एभिन्युज टेलिभिजनका सम्पादक शिव दाहालले रिपोर्टिङमा गएको साथीको त्यही घरमा जलेको अवस्थामा शव फेला परेको बताए।








प्रतिक्रिया दिनुहोस्