ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोर्चा र राजावादीको प्रदर्शनको प्रभावले यस्तो देखियो काठमाडौँको सडक


एबीसी न्यूज

काठमाडौं १५ चैत । आज शुक्रबार काठमाडौँका दुई स्थानमा छुट्टाछुट्टै प्रदर्शन हुँदैछ। नेकपा माओवादी केन्द्रसहितको समाजवादी मोर्चा र राजावादीहरूले प्रदर्शन गर्न लागेका हुन्। जिल्ला प्रशासन कार्यालय काठमाडौँले मोर्चालाई भृकुटीमण्डप र राजवादीलाई तीनकुनेमा सभा गर्न ठाउँ तोकिदिएको छ।

एसईई परीक्षा जारी रहेकाले दुवैले बिहान ११ बजेपछि मात्रै प्रदर्शन सुरु गर्ने जनाएका थिए। सोहीअनुसार ११ बजेपछि मात्रै प्रदर्शनकारी सडकमा निस्किएका छन्। अहिले प्रदर्शनकारीहरू तोकिएको ठाउँमा जान ठाउँठाउँमा भेला भइरहेका छन्। ।

समाजवादी मोर्चाले मध्याह्न १२ बजेदेखि र्‍याली सुरू गर्ने र १ बजे भृकुटीमण्डपमा सभा गर्ने जनाएको छ। माओवादी केन्द्रले माइतीघर, कुपन्डोल र त्रिपुरेश्वरबाट र्‍याली निकाल्नेछ। माओवादी केन्द्रले निकाल्ने र्‍याली बबरमहलबाट सुरू हुँदै माइतीघर मण्डल, थापाथली, त्रिपुरेश्वर, शहिदगेट, भद्रकाली हुँदै भृकुटीमण्डपस्थित सभा हुने स्थल पुग्नेछ।

माओवादी केन्द्रले नै सोह्रखुट्टेबाट पनि र्‍याली निकाल्ने छ। उक्त र्‍याली सोह्रखुट्टे, असन, भोटाहिटी, विश्वज्वति हल, घण्टाघर, पुतलीसडक, पद्मोदयमोड हुँदै मञ्चमा पुग्नेछ।

मोर्चामै रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सुन्धाराबाट र्‍याली निकाल्नेछ। उनीहरूको र्‍याली सुन्धारा, न्युरोड गेट, शान्तिबाटिका, पुरानो बसपार्क हुँदै मञ्च पुग्ने प्रवक्ता प्रकाण्डले बताए।

नेपाल समाजवादी पार्टीले न्युरोड गेटबाट र्‍याली निकाल्नेछ। त्यस्तै शान्तिबाटिका र मैतिदेवीबाट नेकपा ९एकीकृत समाजवादी०ले र्‍याली निकाल्नेछ। मैतिदेवीबाट पुतलीसडक, पद्मोदय मोड हुँदै मन्च पुग्नेछ।

चारवटै दलले फरक फरक स्थानबाट निकालेको र्‍याली मिसिएर मञ्चमा पुग्ने र दिउँसो १ बजे सभा सुरू हुने नेता विश्वकर्माले बताए।

राजावादी पक्षको प्रदर्शनको नेतृत्व मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गर्दैछन्। सो प्रदर्शनलाई राप्रपालगायत राजावादी दलहरूको समर्थन छ। प्रसाईं पक्षले पनि काठमाडौंको सिनामंगल क्षेत्र र भक्तपुर क्षेत्रबाट र्‍याली निकाल्ने तयारी गरेका छन्।

दुई समूहले फरक फरक स्थानमा प्रदर्शन र सभा गर्ने भएकाले काठमाडौंमा ट्राफिक व्यवस्थापन चुनौती हुने देखिएको छ। दुई फरक फरक विचारधाराका समूहले एकैदिन प्रदर्शन गर्ने भएकाले सुरक्षा चुनौती पनि सामान्य भन्दा बढेको छ।

मुठभेड हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै काठमाडौँको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ। काठमाडौँ प्रहरी परिसरका प्रमुखको कमाण्डमा ३ हजार ५०० भन्दा बढी प्रहरी परिचालन गरिने उनले बताए। त्यस्तै २ हजार हाराहारी सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ।

भृकुटीमण्डपको कार्यक्रमका लागि टुँडिखेल क्षेत्रको सडक बिहानैदेखि बन्द छ। विभिन्न ठाउँमा बिहानैदेखि सवारी साधन डाइभर्सन गरिएको छ। ट्राफिक व्यवस्थापनका लागि ९ सय बढी ट्राफिक प्रहरी खटाइएको बताइएको छ।

बिहानैदेखि पद्मोदय, सिंहदरबार दक्षिण गेट, जयनेपाल, बागबजार, भद्रकाली, रत्नपार्क क्षेत्रमा डाइभर्सन गरिएको छ। दल र राजावादी समूहले र्‍याली गर्ने भनेका स्थानहरूमा यातायात प्रभावित हुने प्रहरीको आँकलन छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com