ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद् सञ्चालनमा उही अडान, छलफलमा सभामुख


एबीसी न्यूज
चैत्र १५, २०८१ शुक्रबार   ११ : ३६   बजे

काठमाडौं १५ चैत । सभामुख देवराज घिमिरिले अहिले बानेश्वरस्थित संसद् भवनमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्।

कुलमान घिसिङ हटाएका विषयमा अहिलेसम्म प्रधानमन्त्रीले जवाफ दिने सूचना नभएकाले सहमतिका लागि सभामुख घिमिरेले संसद्‌का प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका हुन्।

प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद् चल्न नदिने प्रतिपक्षी दलहरूको अडान छ।

सोही विषयमा विपक्षी दलहरूले बुधबारदेखि लगातार संसद् बैठक अवरुद्ध पारिरहेका छन्।

सत्तापक्ष र प्रतिपक्षको अडानका कारण बिहीबार बस्न नसकेको प्रतिनिधि सभा बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ।

यस्तै बिहीबार केही बेर बसेर अवरुद्ध राष्ट्रिय सभाको बैठक पनि आजका लागि बोलाइएको छ।

तर कुलमानबारे प्रधानमन्त्रीले जवाफ दिनैपर्ने र प्रधानमन्त्री नदिने अडानका कारण आज पनि दुवै सदनका बैठक अन्योलमा देखिन्छ।

सरकारले चैत ११ गते कुलमानलाई हटाएर हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाएको हो।

चार महिनामात्रै कार्यकाल बाँकी रहेका कुलमानलाई सरकारले अपमानपूर्ण ढंगले हटाएको भन्दै प्रतिपक्षी दलहरूले सरकारको जवाफ माग गरिरहेका छन्।

आफूलाई हटाउने निर्णयविरुद्ध कुलमानले सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन्। जसको प्रारम्भिक सुनुवाइका लागि आज सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलास तोकिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group