ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथनको उपाधि अनिस र सन्तोषीलाई


एबीसी न्यूज
चैत्र ९, २०८१ शनिबार   ६ : ४१   बजे

काठमाडौं ९ चैत । तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन–२०२५को उपाधि भारतीय सेनाका अनिस थापा मगरले जितेका छन् । फोर एट गोर्खा राइफल्सका मगरले दुई घण्टा २० मिनेट १८ सेकेण्डमा ४२ किलोमिटर लामो म्याराथन पूरा गरी प्रथम भएका छन् । उनले तीन लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

यस्तै दोश्रो भएका त्रिभुवन आर्मी क्लबका सुशिलकुमार शाहीले दुई घण्टा २० मिनेट २५ सेकेण्डमा पूरा गरी दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । केन्याका धावक स्टेफेन कोस्गेईले दुई घण्टा २० मिनेट ४७ सेकेण्डमा म्याराथन पूरा गरी तेस्रो स्थान प्राप्त गरे । उनले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जिते ।

२१ किलोमिटरको महिला हाफ म्याराथनमा सन्तोषी श्रेष्ठले एक घण्टा २० मिनेट पाँच सेकेण्डमा दूरी पूरा गरी प्रथम भइन् । उनले एक लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।

त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानेले दुई घण्टा २१ मिनेट ४९ सेकेण्डमा दूरी पूरा गरी दोस्रो स्थान पाइन् । उनले एक लाख रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन् । चीनकी चेन वेईले दुई घण्टा २६ मिनेटमा दूरी पूरा गरी तेस्रो भइन् । उनले ८० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।

बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरिएको प्रतियोगितामा पुरस्कृत खेलाडीहरूलाई चीनका राजदूत चेन सोङ र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नगद पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभएको थियो । यसैगरी पाँच किलोमिटर दूरीको छात्र–छात्राको म्याराथन र तीन किलोमिटरको वकाथन प्रतियोगितासमेत सम्पन्न भएको छ ।

दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति तथा ध्यान महोत्सव कार्यक्रमअन्तर्गत चिनियाँ दूतावासको सहकार्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसहित विभिन्न निकायहरूले म्याराथनको आयोजना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group