ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पौने २७ खर्ब पुग्यो नेपालको सार्वजनिक ऋण, प्रतिव्यक्ति ९० हजार माथि


एबीसी न्यूज

काठमाडौं ५ चैत । नेपालको सार्वजनिक ऋण पौने २७ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार फागुन मसान्तसम्म यस्तो ऋण २६ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको हो । चालु आर्थिक वर्षको सुरुमा २४ खर्ब ३४ अर्ब रुपैयाँ रहेको उक्त ऋण ८ महिनामा अवधिमा मात्रै २ खर्ब ४२ अर्ब रुपैयाँले बढेको हो । यो ऋण रकम नेपालको कुल गार्हस्थ्य उत्पादनको ४६।९१ प्रतिशत बराबर हो ।

उक्त रकममध्ये आन्तरिक ऋण दायित्वतर्फ १३ खर्ब १५ अर्ब रुपैयाँ तथा बाह्य ऋण दायित्वतर्फ १३ खर्ब ६० अर्ब रुपैयाँ रहेको कार्यालयले जनाएको छ । आन्तरिक र बाह्य ऋणको यो हिस्सा क्रमशः ५०।८३ प्रतिशत तथा ४९।१६ प्रतिशत हो ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सरकारले २ खर्ब ६९ अर्ब १५ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाएको छ । यस्तै, बाह्य क्षेत्रबाट ६५ अर्ब ४७ करोड रुपैयाँ प्राप्त गरेको छ ।

यही अवधिमा १ खर्ब ३४ अर्ब ४७ करोड बराबर तथा बाह्यतर्फ २४ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणको सावाँ तिरेको कार्यालयले जनाएको छ । त्यस्तै, यही अवधिमा ३६ अर्ब ९७ करोड रुपैयाँ बराबरको आन्तरिक ऋणको ब्याज भुक्तानी तथा ५ अर्ब ७७ करोड रुपैयाँ बराबरको बाह्य ऋणको ब्याज भुक्तानी गरेको तथ्यांक छ ।

अहिलेसम्म विदेशी विनिमयदरमा भएको ह्रासका कारण मात्रै ६६ अर्ब २९ करोड रुपैयाँ बराबरको ऋण वृद्धि भएको कार्यालयले जनाएको छ ।

सरकारले यो वर्ष ३ खर्ब ३० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण तथा २ खर्ब १७ अर्ब रुपैयाँ बराबरको बाह्य ऋण उठाउने लक्ष्य लिएको छ । त्यसमध्ये अहिलेसम्म प्राप्ति प्रतिशत आन्तरिकतर्फ ८१।५६ तथा बाह्यतर्फ ३०।१७ प्रतिशत हो ।

यो ऋण रकम प्रतिव्यक्ति ९० हजार ३२० रुपैयाँ बराबर हो । २०७८ को जनगणना अनुसारको जनसंख्या र वार्षिक वृद्धिदर समेतका आधारमा प्रतिव्यक्ति ऋण सो बराबर पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com