ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्ववियु निर्वाचन, मतदातालाई प्रवेश निषेध गरेपछि पोखराको इन्जिनियरिङ क्याम्पसमा तनाव


एबीसी न्यूज

काठमाडौं ५ चैत । स्वतन्त्र विद्यार्थी युनियनको चुनावको क्रममा तनावग्रस्त पोखराको लामाचौरमा रहेको इन्जिनियरिङ क्याम्पस तनावग्रस्त बनेको छ। क्याम्पसको छात्राबासमा रहेका करिब ४ सय जना विद्यार्थी मतदानमा सामेल भइरहँदा गेटमा अनसनरत नेपाल विद्यार्थी संघनिकट विद्यार्थीहरूले बाँकी मतदातालाई भित्र प्रवेश गर्न रोकेपछि स्थिति तनावपूर्ण बनेको हो।

इन्जिनियरिङ क्याम्पसमा नेवि संघको एउटा समूहले सचिव पदमा उम्मेदवारी दिन खोजेको थियो। तर, आफू निकट विद्यार्थीलाई टिकट नदिइएको भन्दै सो समूहले सचिव पदको मनोननय पत्र नै च्यातेपछि सो पदमा नेवि संघको उम्मेदवारी नै परेन।

निर्वाचन चाहने समूहले सचिव बिनै मतदान प्रक्रियामा सामेल हुने निर्णय गरेपछि अर्को समूह अनसनमा उत्रेको हो। कृष्णजंग कार्की र राजीव अधिकारी अनसनमा छन्। उनीहरूले षड्यन्त्रपूर्ण रुपले सचिवको उम्मेदवारीबिनै निर्वाचनमा जाने निर्णय गरिएको भन्दै आपत्ति जनाएको हो। त्यहाँ नेवि संघ सौगात पण्डितको नेतृत्वमा चुनावी अभियानमा होमिएको छ।

सचिवमा प्रशान्त उपाध्यायलाई उम्मेदवार बनाउन नेवि संघका केन्द्रीय अध्यक्ष डुजाङ शेर्पाले परिपत्र गरेका थिए। तर, डुजाङको परिपत्रलाई अस्वीकार गर्दै कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालसहितको टोलीले षड्यन्त्र गरेको उनीहरूको आरोप छ। त्यहाँ रेजिना शर्मालाई सचिवको उम्मेदवार बनाउन खोजिएको थियो। त्यस्तो गरिने भएपछि सो समूहले मनोनयन पत्र च्यातेको थियो।

अनसनमा उत्रिएका विद्यार्थीहरूले मतदानमा सरिक हुन खोज्नेलाई रोक्न खोजेपछि त्यसको प्रतिकारमा क्याम्पस परिसर भित्र रहेका विद्यार्थीको तर्फबाट ढुंगा प्रहार भएको छ। त्यहाँ बाक्लो मात्रामा सशस्त्र र जनपद प्रहरी परिचालन गरिएको छ।

अहिले क्याम्पस प्रशासनले भित्रबाट माइकिङ गर्दै विद्यार्थी परिचय पत्र भएका विद्यार्थीहरूलाई मतदान स्थलमा प्रवेश गर्न दिन अनुरोध गरेको छ। तर, स्थिति तनावपूर्ण नै छ। क्याम्पसमा २ हजार ४१ जना विद्यार्थी अध्ययनरत छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com