काठमाडौं ३ चैत । नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका सांसद जनार्दन शर्माले पूर्वविशिष्ट पदाधिकारीको सेवा बढाउनुभन्दा मिर्गौला र क्यान्सर पीडितलाई सहयोग गर्नेतिर अघि बढ्नुपर्ने बताएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले गरिबी निवारणमा लगानी गर्ने कानुन बनाउन सुझाए।
पूर्वविशिष्टलाई, पदाधिकारीलाई थप आजीवन सुविधा दिने बढाउनुभन्दा गरिबी निवारणमा लगानी गर्ने कानुन बनाऊँ, उनी भन्छन्, मिर्गौला र क्यान्सरपीडितलाई सहयोग गर्नेतिर अघि बढौँ।
उनले आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न र भएका सम्झौता कार्यान्वयन गर्न आग्रह गरे।








प्रतिक्रिया दिनुहोस्