काठमाडौं १ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भाइ मारा र मूर्ति चोर जस्ता गम्भीर आरोप लगाएका छन्। आज शुक्रबार सिन्धुपाल्चोक मेलम्चीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले पूर्वराजाको पछिल्लो सक्रियातामाथि टिप्पणी गर्दै यस्तो आरोप लगाएका हुन्।
२५० वर्षसम्म राजा महाराजाले देशलाई कहाँ पुर्याए भन्ने नेपाली जनताले बिर्सिएको छरु मूर्ति चोर को हुन्रु, उनले भने, नेपालका ठूल्ठूला मूर्ति चोरेर अहिले राजारु भाइमारा को होरु आफ्नै वंश मास्नेले आएर फेरि धाक लगाउन मिल्छरु सुन तस्कर को होरु नेपाली जनताले बिर्सिएको भन्ठानेको ?
दाहालले आफू पहिलोपटक प्रधानमन्त्री हुँदैमा दरबार हत्याकाण्ड छानबिन गर्न खोजेको तर कार्यकाल पूरा नहुँदा छानबिन प्रभावित भएको दाबी गरे।
मैले पहिलोचोटी प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फेरि एकपटक छानबिन गर्नुपर्नेछ भन्ने ठानेको थिएँ, उनले भने, मैले त्यतिबेला पाँच वर्ष शासन गर्न पाएको भए एकपटक छानबिन गरेर भाइमारा र राजद्रोही यिनीहरूलाई इतिहासको ठेगान लगाउने विचार थियो।








प्रतिक्रिया दिनुहोस्