ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मस्कको स्टारलिंक ल्याउन भारतको जियो र एअरटेलबीच सम्झौता


एबीसी न्यूज
फाल्गुन २८, २०८१ बुधबार  ८ : ४२ बजे

काठमाडौं २८ फागुन । अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्टारलिंकको सेवा भारतमा ल्याउन दुई ठूला दूरसञ्चार सेवा प्रदायक भारती एअरटेल र रिलायन्स जिओले स्टार स्पेसएक्ससँग छुट्टाछुट्टै सम्झौता गरेका छन् ।

स्टारलिंक मस्कको कम्पनी स्पेसएक्सद्वारा सञ्चालित स्याटेलाइट इन्टरनेट सेवा हो । गएको महिना अमेरिकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र मस्कबीच भएको भेटमा अन्तरिक्ष, सञ्चार, प्रविधि र नवपर्वतनमा सहकार्य गर्ने विषयमा छलफल भएको थियो । मस्कले सन् २०२१ मा नै भारतमा सेवा शुरू गर्न चाहेपनि नियम–कानूनको कठिनाइका कारण ढिलाइ भएको हो ।

स्टारलिंकको सेवा अहिले एक सय वटाभन्दा बढी देशहरूमा उपलब्ध छन् । भुटानमा पनि यसको सेवा छ । परम्परागत ब्रोडब्यान्ड सेवाहरू भूमिगत फाइबर केबल र सेलुलर टावरहरूमा भर पर्छन् भने स्टारलिंकले ‘लो अर्थ अर्बिट’ उपग्रहहरूमार्फत इन्टरनेट पहुँच प्रदान गर्दछ ।

प्रविधि उद्यमी मस्कको भारतमा व्यापारिक रुचि अहिले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सीमित छ । विद्युतीय गाडी निर्माता टेस्लाले विश्वको पाँचौं ठूलो अर्थतन्त्रमा प्रवेश गर्न तयारी गरिरहेको छ ।

टेस्लाले गएको महिना नयाँदिल्ली र मुम्बईका लागि स्टोर प्रबन्धक र सेवा प्राविधिकहरूका लागि जागिरको विज्ञापन निकाल्दै भारतमा भर्ती शुरू गर्न थालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

सम्बन्धित

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

झापामा मतदातासँगको भेटघाटकै बीचमा : ओलीको भावुक पोस्ट “झापाली स्नेह !”

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

बागलुङमा २ क्षेत्रको चुनावी मैदान: कसको अवस्था कस्तो छ त ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com