काठमाडौं २८ फागुुन । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चेकमा गलत रकम लेखेकै आधारमा चेक अनादरको मुद्दा दर्ता नहुने बताएका छन् ।
बुधबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले चेकमा गलत रकम लेखिएको छ भने सच्याउनका लागि समय तोकिएको स्मरण गराए । गल्ती भएका चेक ३० दिनभित्र सच्याउनुपर्ने कानुनी व्यवस्था रहेको उनको भनाइ छ ।
उनले भने, ‘चेकमा गलत रकम लेखेकै कारणले चेक अनादरमा पर्दैन । चेक अनादर दर्ता हुनलाई ३० दिनको जो समय छ त्यो कुराले काउन्ट गर्छ । त्यसकारण गल्ती छ भने त्यो समयमा सच्चिहाल्छ ।’








प्रतिक्रिया दिनुहोस्