ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शेख हसिनासहित शाखा सन्तानकै सबै सम्पत्ति जफत गर्न अदालतको आदेश


एबीसी न्यूज

काठमाडौं २८ फागुुन । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनासहित उनका शाखा सन्तानकै सम्पत्ति जफत गर्न अदालतले आदेश दिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार बंगलादेशको अदालतले हसिना र उनका छोरा, छोरी बहिनीसम्मको सम्पत्ति जफत गर्न र बैंक खाता रोक्का गर्ने आदेश दिएको हो।

हसिनाका साथै उनका छोरासहित धेरै आफन्तको सम्पत्ति जफत गर्न आदेश दिइएको छ। पूर्वप्रधानमन्त्री हसिना हाल भारतको शरणमा छिन्।

ढाकाको एक अदालतले हसिनाको धानमण्डीस्थित निवास ‘सुधा सदन’ र अन्य सम्पत्ति जफत गर्न आदेश दिएको छ।

एक अधिकारीले समाचार एजेन्सी एएनआईलाई बताएअनुसार अदालतले उनको परिवारसँग जोडिएका १२४ बैंक खाता जफत गर्न पनि आदेश दिएको छ।

ढाका महानगरका वरिष्ठ विशेष न्यायाधीश जाकिर हुसेन गालिबले मंगलबार त्यस्तो आदेश जारी गरेका हुन्।

एसीसी अर्थात् भ्रष्टाचार विरोधी आयोगले दायर गरेको निवेदनपछि अदालतले हसिना र उनका आफन्तलाई कारबाही गर्न आदेश दिएको हो।

अदालतले उनका छोरा साजिब वाजेद जोय, छोरी साइमा वाजेद पुतुल, बहिनी शेख रेहाना र छोरीहरू टुलिप सिद्दिकी र रदवान मुजिब सिद्दिकीको सम्पत्ति जफत गर्न पनि आदेश दिएको छ।

बंगलादेशका विद्यार्थीहरूको विशाल आन्दोलनले गत वर्ष अगस्ट ५ मा हसिना १५ वर्षदेखिको सत्ता त्याग्दै देशै छाडेर भाग्न बाध्य भएकी थिइन्।

त्यसको ३ दिनपछि मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com