काठमाडौ २७ फागसन । मधेशी एकता समाजले आफ्नो संगठन अमेरिकामा पनि विस्तार गरेको छ । मधेशी एकता समाज नेपालका गैरआवासीय मधेशीहरुको अन्तर्राष्ट्रिय छाता संगठन हो । समाजका संस्थापक डा।रविन्द्र कुमार यादवले अमेरिकामा आधिकारिक रूपमा संगठन गठन भएको जानकारी दिनुभयो ।
समाजले अमेरिकाको टेनेसी बस्ने अनिल साहको नेतृत्वमा नयाँ कार्यकारी समिति चयन गर्दै अमेरिका शाखा गठन गरेको हो ।
नयाँ कार्यकारी समितिको वरिष्ठ उपाध्यक्ष संजय जयमिरे टेक्सास०, उपाध्यक्ष अन्तर्राष्ट्रिय०मा शशी यादव टेक्सास०, उपाध्यक्ष राष्ट्रिय०मा प्रा। मनोहर साह उत्तर डकोटा०, महासचिवमा सुजित झा टेक्सास०, सहसचिवमा अब्दुल हवारी टेक्सास०, कोषाध्यक्षमा कृष्ण यादव ९अस्टिन०, प्रवक्तामा आशिष झा कोलोराडो० र प्रमुख प्रविधि अधिकारीमा विवेक गुप्ता टेक्सास० रहेका छन् ।
यसैगरी, कार्यकारी सदस्यहरू सन्तोष यादव बोस्टन०, अनुषा यादव अस्टिन०, डा। संबु यादव टेक्सास०, वसन्त साह फ्लोरिडा०, जितेन्द्र साह ओक्लाहोमा०, अम्बिका साह टेनेसी०, राकेश कुमार गुप्ता क्यान्सस०, विकास जायसवाल अलाबामा० र राजेश कुमार यादव टेक्सास० रहेका छन् ।
त्यस्तै, सल्लाहकारहरूमा दिपेश बर्मा, डा। उमेश यादव, रामकृष्ण यादव, राकेश यादव, देवेन्द्र यादव, हेमन्त झा, संजय यादव र राजिव यादव रहेका छन् ।








प्रतिक्रिया दिनुहोस्