काठमाडौ २७ फागसन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले तत्कालीन राजा वीरेन्द्र र युवराज दीपेन्द्रको मृत्यु भएको दिन नै राजतन्त्र सकिएको टिप्पणी गरेका छन्।
उनले वीरेन्द्र र दीपेन्द्रको निधन भइसकेपछि भाईलाई राजा बनाएर नेपाली नेताहरूले ठूलो गल्ती गरेको उनको टिप्पणी छ। मंगलबार काठमाडौंमा हुलाक टिकटहरूमा प्रथम दिवसीय आवरणमा टाँचा प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले भइरहेको राजालाई दरबारबाटै मारिएको उनको आरोप छ। उनले वीरेन्द्रको निधनपछि ज्ञानेन्द्रलाई राजा बनाउनु सर्पको बच्चा पाले सरह भएको टिप्पणी गरेका छन्। अब राजालाई बोकेर मुलुकको विकास नहुने छन्। अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रमा आएर पनि राजतन्त्र खोज्ने भनेको बिजुलीको साटो अगुल्टो चाहिन्छ भनेको जस्तै भएको टिप्पणी गरे।
‘जुन दिन वीरेन्द्रको हत्या भयो र दीपेन्द्रको पनि नाश भयो। राजतन्त्र त्यही दिन सकिएको थियो। सकियो नि त। भइरहेको राजा मारियो, त्यसपछि हुने युवराज नै मारियो भनेपछि राजा सकियो। त्यो दरबारले सकेको हो। जनताले सकेको हो ररु त्यो बेला फेरि राजा बनाएर नेपालका नेताले अझ ठूलो गल्ती गरे,ु उनले भने, ुसाँपको बच्चा पाले, शेरको बच्चा पाले। हुँदै नहुने मान्छेलाई राजा बनाइदिए। सबै खाइदियो। जनताले आन्दोलन गरे, जनतासँग हारेर भाग्यो। अब हामीले बुझ्नुपर्छ। राजालाई बोकेर मुलुकको विकास हुँदैन। जस्तो जन्मिए पनि राजाको कोखमा जन्मिएकाले तीन करोड नेपालीभन्दा राम्रो हुन्छ भन्ने सिद्धान्त राम्रो होइन। अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रमा आएर पनि राजतन्त्र खोज्ने भनेको बिजुलीको साटो अगुल्टो चाहिन्छ भनेको जस्तै हो।’








प्रतिक्रिया दिनुहोस्