ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वराजातिर औँला उठाउनुअघि आफूलाई हेरौँ – राजकिशोर यादव


एबीसी न्यूज

काठमाडौ २७ फागसन । जनता समाजवादी पार्टी नेपालका प्रथम उपाध्यक्ष एवं सांसद राजकिशोर यादवले सत्तारुढ दल र ठूला नेताकै कारण पूर्वराजा ज्ञानेन्द्र शाह सलबलाएको बताएका छन्।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले राजावादीहरू सल्बलाउनुमा ठूला दलका नेताहरुको कार्यशैली र सरकार सञ्चालनको तरिका जिम्मेवार रहेको बताए ।
पूर्वराजा भइसकेको व्यक्ति विमानस्थलबाट घर जाँदा दलहरू आत्तिनु अनौठो भएको उनको भनाइ छ।

‘प्रमुख प्रतिपक्षी दलका नेताको कुरा पनि सुनियो, सत्तापक्षका होनाहार नेताहरुका कुरा पनि सुनियो। यो सदनको बहस सुन्दा यो जनताको आवाज नभएर नेताहरूको गनगन र रोइलोजस्तो लाग्छ, त्यो एक प्रकारको आफैंप्रतिको अविश्वासको प्रतिकात्मक अभिव्यक्ति थियो’, यादवले भने, ‘एकजना एयरपोर्टबाट आफ्नो घर जाँदा राज्य सत्ता नै तर्सिनुपर्ने, चिन्तित हुनुपर्ने र पुरै सदनको समय खर्चिनुपर्ने अवस्था आयो।’

उनले प्रमुख दलका नेतालाई आफ्नो व्यवहार समीक्षा गर्न सुझाव दिए।
‘एकचोटि आफूले रजगज गरेका, खाफूले जसरी व्यवस्थाको नाममा राज्य कब्जा गरेर दोहन गरेका ती दिनहरुलाई एकचोटि हामी फेरि रिभिजिट गर्ने हो किरु’, थादबले थपे, ‘मलाई लाग्छ अरुतिर औंला उठाउनुअघि हामी सबैले आफैंतिर एकचोटि आत्मसीमक्षा गर्नुपर्ने भएको छ।’

सत्ताधारी दलहरुले राज्यका अंगहरु कब्जा गरेर आफूलाई लिडरका रुपमा नभई ‘डिलर’का रुपमा विकास गरेको उनले आरोप लगाए।

दलपतिका रुपमा शासन चलाउन खोजेकाले असन्तुष्ट जनता राजावादीको प्रदर्शनमा सहभागी भएको उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com