काठमाडौं २७ फागुन । माओवादी अध्यक्ष प्रचण्डले सरकारको कुशासनका कारण प्रतिगामी शक्तिहरू सडकमा उत्रिएको बताएका छन् । प्रतिनिधिसभामा मंगलबार सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले सरकारकै अहंकार र अविवेकको मूल्यका रूपमा जनताहरू आक्रोशित भएको बताएका हुन् ।
राजावादीहरूको प्रदर्शनप्रति लक्षित गर्दै विदेशीहरूको उक्साहटमा उक्त प्रदर्शन भए पनि सरकारकै कारण जनता आक्रोशित भएको अध्यक्ष दाहालको भनाइ थियो । ुपहिले पनि देखेकै हो । अस्तिको प्रदर्शनमा पनि कस(कसका फोटो टाँसिए तर जसको फोटो टाँसिए पनि त्यहाँ उत्रिएको त नेपाली जनता नै हो । यो कुशासनविरुद्ध जनताको आक्रोश हो, उनले भने ।
त्यस्तै आइतबारको प्रदर्शनलाई सामान्य रूपमा नलिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सरकारलाई चेतावनी दिँदै भने, सत्ताको अनावश्यक प्रदर्शनतिर नलाग्नुस् । तपाईंहरूको अनावश्यक अहंकार, दुर्बचन, घमण्ड र अविवेकको मूल्य हो त्यो त्यसको थप मूल्य चुकाउन देश तयार छैन । आजको लोकत्नत्र ७ दल र माओवादीबीचको सहकार्यको परिणाम हो । राजावादीहरूको प्रदर्शनलाई अनावश्यक रूपमा गिजोल्नतिर नलाग्न पनि प्रचण्डले सरकारलाई चेतावनी दिए ।








प्रतिक्रिया दिनुहोस्