काठमाडौं २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कोसी प्रदेशसभालाई सम्बोधन गर्दा बहिष्कार गर्ने बताइरहेका विपक्षी दलहरू पनि सहभागी हुने बताएका छन्। आज मंगलबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँगको छलफलपछि विपक्षीहरू पनि प्रदेशसभा बैठकमा सहभागी हुने भएका हुन्। ओलीले आज बस्ने प्रदेशसभा बैठकमा सम्बोधन गर्ने कार्यसूची छ।
मुख्यमन्त्री कार्कीले माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोसँग छलफल गरेका छन्। कोसी प्रदेशसभा आज दिउँसो २ बजे बस्दैछ। पछिल्लो समय लुम्बिनी र सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गरेका थिए।
कोसीमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपा प्रतिपक्षी दल हुन्।








प्रतिक्रिया दिनुहोस्