ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पश्चगामी शक्तिहरू सल्बलाउन थालेको निष्कर्ष: माओवादीको जागरण अभियान स्थगित, भोलि पदाधिकारी बैठक


एबीसी न्यूज

काठमाडौं, २४ फागुन । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी, तराई–मधेश जागरण अभियान’ स्थगित गरेको छ ।
राष्ट्रिय राजनीतिको विकसित घटनाक्रमलाई हेरेर आवश्यक निर्णय लिनुपर्ने भएकाले केही दिनका लागि अभियान स्थगित गरिएको माओवादी महासचिव देव गुरुङले जानकारी दिए । ‘आज रौतहटमा अभियान चलिरहेको छ ।
भोलिदेखि हुने अभियान भने केही दिनका लागि स्थगित भएको छ,’ महासचिव गुरुङले भने, ‘राष्ट्रिय राजनीतिलाई हेरेर केही सरसल्लाह गर्नुपर्ने तथा कार्यक्रमलाई केही परिमार्जन गर्नुपर्ने कारणले तत्काललाई अभियान स्थगित गरिएको हो ।’ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत शीर्ष नेतृत्व टोली अनियानअन्तर्गत अहिले रौतहटमा आयोजित कार्यक्रममा सहभागी छन् । अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले रौतहटबाट अध्यक्षलगायतको टोली आजै काठमाडौं फर्कने र आइतबार पार्टीको पदाधिकारी बैठक बस्ने जानकारी दिए । ‘पछिल्लो समय राजवादीहरूका गतिविधि पनि बढेका छन् ।
होली पनि नजिक आएको छ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पनि आइसकेको छ । यी सबै विषयमा छलफल गर्न आइतबार पदाधिकारी बैठक बोलाइएको छ । त्यसैले केही दिनलाई अभियान स्थगित भएको हो,’ आचार्यले भने । सरकारको गलत रवैयाको कारण पश्चगामी शक्तिहरू सल्बलाउन थालेको निष्कर्षमा माओवादी नेताहरू पुगेका छन् । यसले पदाधिकारी बैठकमा गम्भीर छलफल हुने एक नेताले बताए । माओवादी केन्द्रीय समितिको छैटौं पूर्ण बैठकको निर्णयअनुसार गत १२ फागुनबाट माओवादीले तराई–मधेशकेन्द्रित अभियान चलाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com