ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तराई–मधेश अभियानले राष्ट्रकै ध्यान मधेशतिर खिचेको छ: अध्यक्ष प्रचण्ड


एबीसी न्यूज

काठमाडौं, २३ फागुन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले पनि लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक प्रतिनिधित्व प्रणाली उल्टाउने दुस्साहस भइरहेको बताएका छन् ।
तराई-मधेश अभियानका क्रममा सर्लाहीको मलंगवामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिले पनि प्रतिक्रियावादी तत्वहरूले कुनै न कुनै रूपले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक प्रतिनिधित्व प्रणाली उल्टाउने दुस्साहस गरिरहेको बताएका हुन् ।
उक्त दुस्साहसविरुद्ध संघर्ष गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै अध्यक्ष प्रचण्डले परिआएको खण्डमा काठमाडौंको सडकमा फेरि लाखौंको संख्यामा जनता उतार्ने बताए । यसका लागि तराई(मधेशका जनतालाई उनले अपिल पनि गरे ।
अध्यक्ष प्रचण्डले यही जनमतका लागि जनशक्ति निर्माण गर्ने र आइपर्‍यो भने सडकबाट चुनौती दिने उद्देश्यले यो अभियान सुरु गरिएको बताए ।
यो अभियान विल्कुल जनताको आवश्यकता र यस क्षेत्रका जनताको आवश्यकता अनुकूल भएको उनले जिकिर गरे । ‘हुलाकी राजमार्गलाई केन्द्रमा राखेर यहाँका जनताको पिरमर्का के छन्, किसानका समस्या, महिलाका समस्या, दलितका समस्या, मधेशका समस्या, आदिवासी जनजाति, मुस्लिमका समस्या नजिकबाट बुझ्ने उद्देश्यका साथ अभियान सुरु गरेका हौं । यहाँका बुद्धिजीवी एवं व्यवसायीहरूको सोच के छ, किसनका समस्या के छन् भनेर बुझ्न र यहाँको समस्यालाई राष्ट्रिय रूपमा स्थापित गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो,’ अध्यक्ष प्रचण्डले भने ।
यो अभियानबाट जनताले ऊर्जा दिएको भन्दै उनले आफूहरूमा उत्साह थपिएको बताए । ‘भाषण गर्नका लागि मात्रै यो अभियान चलाएका होइनौं । भाषण भन्दा पनि यहाँका जनताको आर्थिक समस्या, राजनीतिक समस्या, सांस्कृतिक समस्या बुझ्ने अभियानका रूपमा लिएका छौं । निकै ठूलो मात्रामा जनताका समस्या केन्द्रित गरेका छौ,’ उनले भने ।
तराई-मधेशको विकास, सिँचाइ, मलखाद, पर्यटक, रोजगारी, सीमा क्षेत्र लगायतका समस्यालाई आफ्नो पार्टीले सदनमा आवाज उठाउने उनले बताए ।
उनले भने, ‘तराई-मधेश, हुलाकी राजमार्ग वरिपरि बस्ने जनताका समस्यालाई राष्ट्रिय रूपमा स्थापति गर्नेछौं । यहाँका समस्या समाधान गर्न पार्टीका तर्फबाट हुन सक्ने पार्टीले र सरकारलाई दबाब दिनुपर्ने भए सरकारलाई दबाब दिएर समाधान गर्न पहल गर्नेछौं ।’
‘माओवादीले चलाएको अभियानले राष्ट्रको ध्यान मधेशतिर केन्द्रित भएको छ,’ उनले भने, ‘मिडियाहरू क्रमशः मधेशतिर झर्दैछन् । ठूल्ठूला नेताहरू पनि अब मधेश नआई सुख्खै नपाउने अवस्था भएको छ । यो सबै तराई-मधेशी जनताका लागि गर्वको कुरा हो ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com