ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तराई–मधेश अभियानले राष्ट्रकै ध्यान मधेशतिर खिचेको छ: अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
फाल्गुन २३, २०८१ शुक्रबार  ६ : ४२ बजे

काठमाडौं, २३ फागुन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले पनि लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक प्रतिनिधित्व प्रणाली उल्टाउने दुस्साहस भइरहेको बताएका छन् ।
तराई-मधेश अभियानका क्रममा सर्लाहीको मलंगवामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिले पनि प्रतिक्रियावादी तत्वहरूले कुनै न कुनै रूपले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक प्रतिनिधित्व प्रणाली उल्टाउने दुस्साहस गरिरहेको बताएका हुन् ।
उक्त दुस्साहसविरुद्ध संघर्ष गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै अध्यक्ष प्रचण्डले परिआएको खण्डमा काठमाडौंको सडकमा फेरि लाखौंको संख्यामा जनता उतार्ने बताए । यसका लागि तराई(मधेशका जनतालाई उनले अपिल पनि गरे ।
अध्यक्ष प्रचण्डले यही जनमतका लागि जनशक्ति निर्माण गर्ने र आइपर्‍यो भने सडकबाट चुनौती दिने उद्देश्यले यो अभियान सुरु गरिएको बताए ।
यो अभियान विल्कुल जनताको आवश्यकता र यस क्षेत्रका जनताको आवश्यकता अनुकूल भएको उनले जिकिर गरे । ‘हुलाकी राजमार्गलाई केन्द्रमा राखेर यहाँका जनताको पिरमर्का के छन्, किसानका समस्या, महिलाका समस्या, दलितका समस्या, मधेशका समस्या, आदिवासी जनजाति, मुस्लिमका समस्या नजिकबाट बुझ्ने उद्देश्यका साथ अभियान सुरु गरेका हौं । यहाँका बुद्धिजीवी एवं व्यवसायीहरूको सोच के छ, किसनका समस्या के छन् भनेर बुझ्न र यहाँको समस्यालाई राष्ट्रिय रूपमा स्थापित गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो,’ अध्यक्ष प्रचण्डले भने ।
यो अभियानबाट जनताले ऊर्जा दिएको भन्दै उनले आफूहरूमा उत्साह थपिएको बताए । ‘भाषण गर्नका लागि मात्रै यो अभियान चलाएका होइनौं । भाषण भन्दा पनि यहाँका जनताको आर्थिक समस्या, राजनीतिक समस्या, सांस्कृतिक समस्या बुझ्ने अभियानका रूपमा लिएका छौं । निकै ठूलो मात्रामा जनताका समस्या केन्द्रित गरेका छौ,’ उनले भने ।
तराई-मधेशको विकास, सिँचाइ, मलखाद, पर्यटक, रोजगारी, सीमा क्षेत्र लगायतका समस्यालाई आफ्नो पार्टीले सदनमा आवाज उठाउने उनले बताए ।
उनले भने, ‘तराई-मधेश, हुलाकी राजमार्ग वरिपरि बस्ने जनताका समस्यालाई राष्ट्रिय रूपमा स्थापति गर्नेछौं । यहाँका समस्या समाधान गर्न पार्टीका तर्फबाट हुन सक्ने पार्टीले र सरकारलाई दबाब दिनुपर्ने भए सरकारलाई दबाब दिएर समाधान गर्न पहल गर्नेछौं ।’
‘माओवादीले चलाएको अभियानले राष्ट्रको ध्यान मधेशतिर केन्द्रित भएको छ,’ उनले भने, ‘मिडियाहरू क्रमशः मधेशतिर झर्दैछन् । ठूल्ठूला नेताहरू पनि अब मधेश नआई सुख्खै नपाउने अवस्था भएको छ । यो सबै तराई-मधेशी जनताका लागि गर्वको कुरा हो ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

सम्बन्धित

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

नेपालको राजनीतिमा सत्ता निरन्तरताको लोभले निम्त्याउन खोजेको कुरूप यथास्थिति

झापा ५ : कार्यकर्ताले नै मत नदिने डर बढ्दो, पुराना दलहरू चिन्तित !

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com