ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘बाँतर जातिको संक्षिप्त चिनारी’ नामक पुस्तक विमोचन


admin

विराटनगर, ५ चैत । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आज ग्रामीण जागरण राष्ट्रिय साप्ताहिक पत्रिकाको आठौँ वार्षिकोत्सवका अवसरमा ‘बाँतर जातिको संक्षिप्त चिनारी’ नामक पुस्तकको विमोचन गर्नुभयो ।

पदमकुमार सरदारद्वारा लिखित सो पुस्तकमा बाँतर जातिको रहनसहन, संस्कार, पेशा, आर्थिक अवस्था, शिक्षा, धर्म संस्कृतिलगायतका विषय समेटिएको छ ।

पूर्वी तराईको सात जिल्लामा बसोबास गर्दै आइरहेका यो जातिको जनसंख्या २०६४÷०६५ को जनगणनाअनुसार ८६ हजार ६२९ छ ।

सो अवसरमा सामाजिक विकासमन्त्री जीवन घिमिरेले अल्पसंख्यक जातिको पहिचान र उत्थानका साथै संरक्षण तथा संवद्र्धन गर्न सरकार प्रतिबद्ध छ भन्नुभयो ।

उहाँले आर्थिक अवस्था कमजोर भएका कारण शिक्षा क्षेत्रमा पिछडिएको यो जातिका २० जना बालबालिकालाई विराटनगरका विभिन्न विद्यालयमा निःशुल्करुपमा अध्ययनको व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

बाँतर जाति केन्द्रीय कल्याणकारी समितिका अध्यक्ष मोहनलाल सरदारले बाँतर जातिलाई दलितमा सूचीकृत गरिएकामा असन्तुष्टि व्यक्त गर्दै यो जाति जंगलमा बसोबास गर्ने भएकाले आदिवासीमा सूचीकृत गर्नुपर्ने माग गर्नुभयो ।

प्रदेश नं १ का प्रदेशसभा सदस्य जयराम यादवले बाँतर जाति पिछडिएको जाति भएकाले यसको उत्थानका लागि सरकार अग्रसर हुनुपर्ने बताउनुभयो ।

ग्रामीण जागरण राष्ट्रिय साप्ताहिक पत्रिकाका प्रधानसम्पादक पदमकुमार सरदारको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेशसभा सदस्य कल्पना सरदार, अधिवक्ता सीता पौडेल र सो पत्रिकाका सम्पादक कृष्णराज निरौलाले बाँतर जातिको उत्थानका लागि राज्यले निर्वाह गर्नुपर्ने भूमिकाका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

सोही अवसरमा बाँतर जातिको सम्बन्धमा चलचित्र निर्माण गर्नका लागि सो पत्रिकाका सम्पादक पदमकुमार सरदार र जयदुर्गा फिल्मका प्रतिनिधिबीच सहमतिपत्रमा हस्ताक्षर पनि सम्पन्न भयो । सो चलचित्र विसं २०७५ माघ महिनासम्ममा निर्माण हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले–कांग्रेस सरकारप्रति शेखरको प्रचण्डसँग विचित्रको गुनासो !

एमालेभित्र विद्या भण्डारीको विषय प्रवेश, कुनै निर्णय भएन

सम्बन्धित

धरानमा डेंगुको महामारी : २ महिनामा ७ जनाको निधन

खुकुरी प्रहार गरी युवतीको हत्या, युवक गम्भीर घाइते

अरुण तेस्रो प्रवेश मार्गको छुट जग्गाको मुआब्जा दर निर्धारण

चौतर्फी विरोधपछि सांसदहरूलाई ल्यापटप बाँड्ने योजनाबाट पछि हट्यो कोशी प्रदेशसभा

नक्कली भुटानी प्रकरणमा मुछिएकालाई कारबाही गर्न शरणार्थीको माग

हटिया खाली गराउन बिर्तामोडमा चल्यो डोजर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com