ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘बाँतर जातिको संक्षिप्त चिनारी’ नामक पुस्तक विमोचन


admin
चैत्र ५, २०७४ सोमबार  ७ : ३८ बजे

विराटनगर, ५ चैत । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आज ग्रामीण जागरण राष्ट्रिय साप्ताहिक पत्रिकाको आठौँ वार्षिकोत्सवका अवसरमा ‘बाँतर जातिको संक्षिप्त चिनारी’ नामक पुस्तकको विमोचन गर्नुभयो ।

पदमकुमार सरदारद्वारा लिखित सो पुस्तकमा बाँतर जातिको रहनसहन, संस्कार, पेशा, आर्थिक अवस्था, शिक्षा, धर्म संस्कृतिलगायतका विषय समेटिएको छ ।

पूर्वी तराईको सात जिल्लामा बसोबास गर्दै आइरहेका यो जातिको जनसंख्या २०६४÷०६५ को जनगणनाअनुसार ८६ हजार ६२९ छ ।

सो अवसरमा सामाजिक विकासमन्त्री जीवन घिमिरेले अल्पसंख्यक जातिको पहिचान र उत्थानका साथै संरक्षण तथा संवद्र्धन गर्न सरकार प्रतिबद्ध छ भन्नुभयो ।

उहाँले आर्थिक अवस्था कमजोर भएका कारण शिक्षा क्षेत्रमा पिछडिएको यो जातिका २० जना बालबालिकालाई विराटनगरका विभिन्न विद्यालयमा निःशुल्करुपमा अध्ययनको व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

बाँतर जाति केन्द्रीय कल्याणकारी समितिका अध्यक्ष मोहनलाल सरदारले बाँतर जातिलाई दलितमा सूचीकृत गरिएकामा असन्तुष्टि व्यक्त गर्दै यो जाति जंगलमा बसोबास गर्ने भएकाले आदिवासीमा सूचीकृत गर्नुपर्ने माग गर्नुभयो ।

प्रदेश नं १ का प्रदेशसभा सदस्य जयराम यादवले बाँतर जाति पिछडिएको जाति भएकाले यसको उत्थानका लागि सरकार अग्रसर हुनुपर्ने बताउनुभयो ।

ग्रामीण जागरण राष्ट्रिय साप्ताहिक पत्रिकाका प्रधानसम्पादक पदमकुमार सरदारको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेशसभा सदस्य कल्पना सरदार, अधिवक्ता सीता पौडेल र सो पत्रिकाका सम्पादक कृष्णराज निरौलाले बाँतर जातिको उत्थानका लागि राज्यले निर्वाह गर्नुपर्ने भूमिकाका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

सोही अवसरमा बाँतर जातिको सम्बन्धमा चलचित्र निर्माण गर्नका लागि सो पत्रिकाका सम्पादक पदमकुमार सरदार र जयदुर्गा फिल्मका प्रतिनिधिबीच सहमतिपत्रमा हस्ताक्षर पनि सम्पन्न भयो । सो चलचित्र विसं २०७५ माघ महिनासम्ममा निर्माण हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

‘प्रदेश तलबले होइन, भ्रष्टाचारले देश डुबेको हो ‘: बालेन्द्र शाह

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

ओलीको बालेनप्रति व्यंग्य: ‘बतासे अण्डा र बतासको खेती’ – झापा–५ मा चुनावी आगो बल्यो !

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

पाँचथरमा नयाँ उम्मेदवारहरूबीच तीव्र चुनावी भिडन्त : पुराना अनुहारहरू बाहिरिए, १५ दल मैदानमा

झापा –५ः ओली र बालेन्द्रले बनाउन खोजेका भाष्यहरु कस्ता छन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com