ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेलेन्सीकीले टिभीकै अभिनय जस्तो ठान्दा देश नराम्रो युद्धमा फस्यो (भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं ।
कविराज विसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सको उपस्थितिमा युद्धरत युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीमाथि गरिएको व्यवहारबाट संसारभर त्यसको पक्ष र विपक्षमा बाँडिएको जस्तो देखिएको छ । एकथरीका निम्ति जेलेन्स्कीले कच्चा कूटनीतिमार्फत मुलुकलाई युद्धमा होमेका कारण यो दुर्गति भोग्नु परेको हो भनिरहेका छन् भने अर्काथरीले उनको देशप्रेम र विश्व शक्तिका अघि नझुक्ने व्यक्तित्वको भन्दै तारिफ गरेका छन् । आफ्ना पाहुनाका रूपमा आएका मित्र मुलुकका राष्ट्राध्यक्षमाथि ह्वाइटहाउसको ओभल अफिसमा गरिएको हेपाहा व्यवहारलाई लिएर संसारभरिका मानिसहरू आश्चर्यमा मात्र परेका छैनन्, ठुला शक्तिराष्ट्रले सानालाई कसरी ङ्याक्न खोज्छन् भन्ने पनि देखिएको छ । प्रेसका अगाडि सार्वजनिक भएको यो घटनाले ठुला मुलुकले साना मुलुकका नेतालाई कसरी आफ्नो हितअनुकूल हिँडाउन खोज्छन् र नसके अपमानित गर्छन् भन्ने पनि पुष्टि भएको छ । यसको पृष्ठभूमिमा जाँदा सन् १९९१मा सोभियत संघ विघटन गाउने क्रममा अमेरिकाले मस्कको सैन्य गठबन्धन वार्सा प्याक्ट विघटन गरेपछि नेटो पूर्वतिर विस्तार नगर्ने सम्झौता गरेको थियो । तर त्यसको तीन वर्ष नवित्दै सन् १९९४ मा राष्ट्रपति विल क्लिन्टनले नेटो पूर्वमा जहाँ पनि जान सक्ने आदेश गरे। सन् १९९९ सम्म आइपुग्दा रुसको बोर्डर नजिक पोल्याण्ड समेत नेटोको सदस्य बन्यो । सन २००२ मा आइपुग्दा मस्कोसँगको सम्झौता गरेको प्रतिवद्धता विरुद्ध नेटोमा पूर्व सोभियतसंघका थप ८ वटा देशलाई थपियो । अन्तिम देशका रुपमा जर्जिया र युक्रेन बाँकी थिए । सन् २००७ मा रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनले अब नेटो अघि बढेमा युद्ध हनसक्ने चेतवनी दिए । त्यसपछि अमेरिकाले युक्रेनको राजनीतिभित्र हात हालेर अस्थिरता सिर्जना गर्ने गतिविधि अघि बढायो । त्यही बेला सन् २०१४ मा क्राइमिया लगायतको क्षेत्रका रुसी भाषी इलाकालाई स्वायत्त रुसी भाषी क्षेत्रका रुपमा संयुक्त राष्ट्रसंघले मान्यता दिएको थियो । तर अमेरिकाले हस्तक्षेप बढाएपछि क्राइमियिाको जनमत संग्रह मार्फत मस्कोले आफूमा मिलायो । सन् २०२१ म अमेरिकाले युक्रेनमा मिसाइ सिस्टम स्थापना गर्ने योजना बनाएपछि रुसले युक्रेनमाथि आक्रमण शुरु गरेर सिंगो विश्व नै उथलपुथलको अवस्थामा आइपुगेको छ । एक टिभी हांस्य कलाकार जेलेन्स्की राष्ट्रपतिमा निर्वाचित भएपछि उनले पुतली खेलजस्तै मानेर युक्रेनलाई नेटोमा मिलाउने ध्यान्नमा लागे । अहिले आएर युक्रेनमाथि किन रुसले आक्रमण गरेको रहेछ भन्ने प्रस्ट भएको छ । ‘युरोपको खाद्यान्न भकारी’का रूपमा चिनिने युक्रेनलाई आफ्नो राज्यमा मिलाउने रुसी त्रासलाई देखाएर अमेरिकाले यसको विशाल खनिज भण्डारलाई उपयोग गर्ने चाहना राखेको रहेछ । त्यही चाहना अहिले युद्ध अन्त्यका निम्ति पहल गर्न तत्पर भनिएका अमेरिकी राष्ट्रपति ट्रम्पबाट उद्घाटन भएको छ । ‘लेनदेन’को सम्बन्धमा विश्वास गर्ने ट्रम्पले युक्रेनको खनिजमा आँखा लगाएका छन् ए। उनले त्यसैका
युक्रेनी राष्ट्रपति जेलेन्स्कीको युद्ध अन्त्य नचाहेका होइनन् तर त्यसका निम्ति फेरि रुसले आफूमाथि आक्रमण नगर्ने सुनिश्चितता पनि खोजेका छन् । युद्ध अन्त्यको अर्थ युक्रेनका खानीमाथि अमेरिकी आधिपत्य हुने र उनी भने देशभित्र दोषी करार भएर बाँच्नुपर्ने अवस्था आउने त्रास उनमा बढेको हो वा अमेरिकाबाट किनारामा धकेलिएका युरोपेलली नेताहरुको उक्साहट हो भन्ने अझै स्पष्ट भइसकेको छैन । उनले आफू मर्न तयार भएको तर अपमानित हुने सम्झौता गरेर देशलाई घाटामा पार्न नचाहेको पपुलिस्ट सन्देश दिएर युक्रेनी जनतालाई थप युद्धको भुमरीमा धकेल्ने त होइनन् भन्ने त्रास झन बढेको छ । ठुला शक्तिराष्ट्रले कसरी साना मुलुकको आत्मसम्मानमा घात गर्न खोज्छन् भन्ने पनि यसबाट देखिएको छ। युद्धरत दुई मुलुकमध्ये रुससँग संवाद गरेर मिल्न अमेरिकाले युक्रेनलाई दबाब दिएको छ ।
युद्ध अन्त्यका निम्ति रुस र युक्रेन दुवैमा समान ढंगको दबाब हुन सक्थ्यो । तर रुसी राष्ट्रपति भ्लामिर पुटिनसँगको विशेष सम्बन्धका कारण दबाब जेलेनस्कीमाथि मात्र बढाइएको छ । जेलेनस्कीका अगाडि रुसले आक्रमण थालेपछि प्रत्याक्रमणमा जानुको विकल्प थिएन। एकथरी व्यक्तिहरू ठुलो छिमेकीसँग निहुँ खोज्नुहुँदैनथ्यो भन्ने तर्क गर्छन्। ठुलो छिमेकीले सानो मुलुकलाई हेप्ने र उसको सार्वभौमसत्तालाई कम आँक्ने स्थितिका लागि यसरी वातावरण बनाउन खोजिएको छ। त्यतिबेला उनी अगाडि बढ्नु भन्दा पहिले नै आफ्नो देशको भूराजनीतिक संवेदनशीलता बुझ्न सक्थे । तर त्यसरी बुझ्न राजनीतिक व्यक्ति हुनु पर्ने थियो । त्यो बेला त उनी टिभीको पर्दाबाट चटक देखाएर मानिसलाई निशुल्क मनोरन्जन गराउने कामका पारंगत कलाकार थिए । त्यही मेसमो टिभीमा राष्ट्रपतिको भूमिका निभाएको झोकले राजनीतिको नसाको पपुलिस्ट लहरले सांच्चिकै राष्ट्रपति बनाइदिएको थियो । एकाएक विश्व शक्ति अमेरिका र रुसको राजनीतिक मञ्चमा आएका जेलेन्स्कीलाई जे पनि सांचै हो जस्तो वा टिभीकै अभिनय जस्तो ठान्दा देश नराम्रो युद्धमा फस्यो । उनलाई रसद पानी सवै चिजले भरथेग गर्ने अमेरिकाले नै अब पुग्यो, बन्द गर भन्दा उनले बन्द कोठमा गर्नु पर्ने अनुनयविनयको सट्टा सार्वजनिक क्यामरेमा नै बालहठ गर्दा जेलेन्स्की आफ्नो त दुर्भाग्य निम्त्याए नै । उनले युक्रेनी जनतलाई सधैं आफसँगै विपत्तिमा धकेल्न खोज्दैछन् । जहाँसम्म अमेरिकाका कुरा छ । राष्ट्रपति ट्रम्पले वास्तविक अमेरिकी रवैयालाई नलुकाइनक बाहिर ल्याइदिएका मात्र हुन् । बाँकीले अर्कै तरिकाले गर्थे। उनी पनि के कम आखिर ट्रम्प पनि टिभी पर्सानालिटी न परे। एनले पनि क्यामेरालाई किन कमजोर बन्न दिन्थे । त्यसै ट्रम्पले गर्बका साथ भने यो महान टेलिभिजन शो हुन सक्छ । विश्वका न्यायप्रेमी मानिसहरूले ठुला मुलुकको दबदबाबाट साना मुलुकले आफूलाई प्रतिरक्षा गर्न जेलेनस्की–ट्रम्प काण्डबाट प्रेरणा लिएमा लाभदायक हुनेछ ।
अहिले आएर अमेरिकी राष्ट्रपति ट्रम्पले उनलाई किन अपमान गरेका छन् भने तिनका सर्तअनुसार जेलेनस्कीले अगाडि बढ्न मानेका छैनन्। रुससँग जबर्जस्ती सम्झौता गर्ने र आफ्नो खनिज स्रोतबाट हात धुने मात्र काम हुन्थ्यो। त्यसपछि युक्रेनभित्रै आफ्नो मुलुकमाथि घात गरेको आरोप लाग्ने निश्चित थियो। यी यावत् घटनाक्रमबाट हाम्रो जस्तो मुलुकले विकास निर्माणदेखि अन्तर्राष्ट्रिय सम्बन्ध सम्ममा कसरी ध्यान दिनुपर्छ भन्ने पाठ लिनु उचित हुन्छ । विदेशीले भने भन्दैमा सबै कुरा मान्न सकिँदैन। र जे पनि मान्नु पर्ने अवस्थामा पुग्नु पहिले हजारबार सोच्ननु पर्छ । आफ्नो मुलुकको आवश्यकता पहिचान गर्दै आफ्नै बलबुतामा विकास निर्माणमा लाग्न तत्पर हुनुपर्छ। सबै मुलुकका आफ्ना स्वार्थ हुन्छन्। तिनले दिने सहयोगमा पनि कुनै न कुनै किसिमको सर्त अवश्य हुन्छ। यस्ता सर्त स्वीकार गर्नुअघि पनि विचार गर्नुपर्ने हुन्छ । जेलेनस्कीले अमेरिकी राष्ट्रपतिका अगाडि आफूलाई निडर रूपमा प्रस्तुत गरेको नभएर आफ्नो दयनीय अवस्थाको प्रस्फुटित गरेका हुन्। प्रेसको सामुन्नेमा समेत यस्तो व्यवहार गर्न सक्ने संसारका ठुला देशका नेताहरूले भित्री रूपमा दबाब दिँदैनन् भन्ने विश्वास गर्न सकिँदैन । देशको पक्षमा स्वाभिमानपूर्वक उभिने नेताका रूपमा संसारले यतिबेला जेलेनस्कीलाई लिएको छ । देशको पक्षमा नउभिनेलाई जसको स्वार्थमा उभिएको हो, त्यसले पनि सम्मान गर्दैन। अमेरिकी राष्ट्रपतिले अपमान गरे पनि त्यहाँका नागरिकले उनको मुक्तकण्ठले जेलेनस्कीको प्रशंसा गरिरहेका छन्। युक्रेनी जनताले त उनको यो साहसिक कदमबाट अरू उर्जाशील बनेर अगाडि बढ्न मद्दत पुग्नेछ। साहसिक नेतृत्व र जनता भएको देश जतिसुकै शक्तिशाली मुलुकका अगाडि पनि कमजोर हुन सक्दैन। पछिल्लो समय अमेरिकासँग तिक्ततापूर्ण सम्बन्ध रहेको क्यानडाले पनि युक्रेनको पक्षमा समर्थन जनाएको छ । प्रधानमन्त्रले युक्रेन लोकतन्त्रका लागि लडिरहेको भन्दै युक्रेनलाई पक्षमा आफनो समर्थन जारी राख्ने स्पष्ट पारेका छन् । अस्ट्रेलियाका प्रधानमन्त्रीले समेत अन्तर्राष्ट्रिय कानुनलाई ध्यानमा राख्दै युक्रेनलाई दिँदै आएको समर्थन जारी राख्ने स्पष्ट पारेका छन् ।
अमेरिकाले बेलाबेलामा यस्ता साहसिक व्यक्ति र देशको सामना गर्नुपरेको छ। अमेरिकाजस्तो शक्तिराष्ट्रले १९७३ मा भियतनाममा आफ्ना सेना फिर्ता गर्नुपरेको थियो। त्यहाँका जनताको बहादुरीपूर्वकको युद्धले त्यो सम्भव भएको थियो। साहसिक नेतृत्व छ भने साना मुलुकले पनि ठुलो हैसियत बनाउन सक्छन् । तर देशको सार्वभौमसत्ताको विरुद्धमा उभिर अर्को देशलाई लाभ पु¥याउने नेताको हैसियत भने लेन्डुप दोर्जेको जस्तो हुन्छ । सिक्किमलाई भारतमा विलय गराइसकेपछि लेन्डुपको देशभित्र त के कुरा भारतमै पनि सम्मान भएन । भारतमै उनको गुमनाम मृत्यु भयो । त्यसैले आफ्नो देशको हितमा उभिन तत्पर हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com