काठमाडौं १८ पागुन । ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले कुलमान घिसिङलाई हटाउनु पर्ने कुनै कारण नभएको बताएका छन्। उनले नेपालमा सबैभन्दा राम्रो काम गरेको कर्मचारीलाई सरकारले हटाउन नहुने बताएका हुन्।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ३ पटक स्पष्टीकरण सोधिसकेका छन्। २ पटक त कार्यकारी निर्देशकबाटै किन नहटाउने भनी स्पष्टिकरण माग गरेका थिए।
मन्त्रलायले स्पष्टीकरण माग गरेको राज्यमन्त्री तामाङले नै विरोध गर्दै आएका छन्। ‘सरकारले कानुनअनुसार हटायो भने म राज्य मन्त्रीले त के गर्न सक्छु र,’ तमाङले भने,‘तर, नेपाली जनता कुलमानलाई हटाउनु हुँदैन भन्ने पक्षमा छन्। बरु साउनमा कार्यकाल सकिएपछि पुनः नियुक्ती दिनुपर्छ भन्ने मेरो मान्यता हो।’
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिरङले डेडिकेटेड र ट्रंकलाइनको महसुल उठाउन खोज्दा रोक्न नहुने उनको भनाइ छ।
‘३(४ करोडका गाडी चढेर हिँड्ने, बंगलोमा बस्ने तर आफूले प्रयोग गरेको विद्युत महसुल तिर्दैनौँ भन्ने व्यापारीको लाइन काट्न किन रोक्नेरु,’ उनले प्रश्न गरे,‘सबैले साथ दिए महसुल उठाउने विषयमै म अघि बढ्छु।’
प्रधानमन्त्री र मन्त्रीको चाहाना विपरीत अभिव्यक्ति दिँदा तपाइँलाई अप्ठ्यारो पर्दैन भन्ने नेपालखबरको प्रश्नमा तपाङले भने, ‘म जनजातीको छोरा हुँ। मेरो आफ्नै गाडी छ घर छ। कांग्रेस पार्टीले तामाङ समुदायको प्रतिनिधित्व गर्दै मलाई मन्त्री बनाएको हो। पार्टीले मलाई पदबाट राजीनामा मागे आजै दिन्छु।’
प्रतिक्रिया दिनुहोस्