ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्प–जेलेन्स्कीबीचको बहसबारे के भन्दै छन् विश्वका नेताहरू ?


एबीसी न्यूज
फाल्गुन १७, २०८१ शनिबार  ७ : १० बजे

काठमाडौं, १७ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच शुक्रबारको वार्ता भनाभनमा टुङ्गिएको छ । युक्रेन र रूसबीच जारी विवादको विषयलाई लिएर अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच भनाभनमा टुङ्गिएको हो ।

यसअघि ट्रम्प र जेलेन्स्कीबीचको भेटवार्तालाई निकै महत्त्वपूर्ण रूपमा लिइएको थियो । दुई देशका राष्ट्रपतिबीच हुने भनिएको ‘सम्झौता’ले तीन वर्षदेखि जारी युक्रेन–रूसबीचको युद्ध समाप्तिका लागि कोशेढुंगा साबित हुने अनुमानसमेत गरिएको थियो ।

तर, ह्वाइट हाउसमा उपराष्ट्रपति जेडी भान्सको उपस्थितिमा भएको वार्तामा राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्कीमाथि अनेकौँ आरोप लगाएपछि स्थिति तनावपूर्ण बन्न पुगेको थियो ।

ट्रम्पले तेस्रो विश्व युद्ध निम्त्याउन खोजेको र अमेरिकाले सहयोग नगरे रूससँगको युद्ध दुई सातामा सकिने बताएपछि वार्तामा भनाभनको स्थिति बनेको थियो। भनाभनको स्थिति बढ्दै जाँदा ट्रम्पले ह्वाइट हाउस छाड्न भनेपछि जेलेन्स्की कुराकानी बीचमै छोडेर बाहिरिएका थिए।

यसअघि ट्रम्पले युक्रेनका राष्ट्रपति जेलेन्स्की एउटा ठूलो सम्झौता गर्न अमेरिका आउन लागेका थिए । ट्रम्पको उक्त अभिव्यक्ति अघि जेलेन्स्कीले अमेरिकासँग खनिज सम्झौता गर्ने भनिएको थियो ।

ट्रम्प र जेलेन्स्कीबीचको वार्ता र वार्तामा भएको भनाभनलाई लिएर विश्वभरका नेताहरूका प्रतिक्रिया आइरहेका छन् । कयौँ युरोपेली मुलुकका नेताहरूले युक्रेनको समर्थन गरेका छन् । यस्तै केही अमेरिकी सांसदहरूले पनि शुक्रबारको वार्तामा देखिएको दृश्यका लागि राष्ट्रपति ट्रम्प र उप राष्ट्रपति जेडी भान्सलाई दोषी ठहराएका छन् ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले युक्रनमाथि ‘रुसले अवैध र अनुचित ढंगले आक्रमण गरेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल एक्समालेखेका छन्, ‘तीन वर्षदेखि युक्रेन साहसका साथ जवाफी कारबाहीका साथ रुसको सामना गरिरहेको छ । युक्रेनको लडाई लोकतन्त्र, स्वतन्त्रता र सम्प्रभुताका लागि हो, यो एक यस्तो लडाई हो जो सबैका लागि अर्थ राख्छ ।’

ट्रुडोलेयुक्रेनलाई क्यानडाले आफ्नो समर्थन जारी राख्ने पनि बताएका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले रूसले आक्रमण गरेको र युक्रेनी माथि आक्रमण भएको बताएका छन् ।

ट्रम्प र जेलेन्स्कीबीचको बहसबारे उनले भनेका छन्, ‘हामीले उनीहरूको सम्मान गर्नुपर्छ, जो सुरूवातबाटै लडिरहेका छन् ।’

म्याक्रोनले पोर्चुगल यात्राका क्रममा यस्तो प्रतिक्रिया दिएको बीबीसी हिन्दीको अनलाइन संस्करणले जनाएको छ ।

म्याक्रोनले भनेका छन्, ‘तीन वर्ष अघि सुरु भएको रूसी आक्रमणका दौरान युक्रेनलाई सहयोग गरेर उचित कदम उठाइएको थियो र सहयोग गरिरहन्छौँ । हामी अर्थात् अमेरिका, युरोपेली देश, क्यानडा र जापान सबै युक्रेनका सहयोगी हौँ ।’

पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कलेसामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘युक्रेनी मित्रहरू तपाईँ एक्लै हुनुहुन्न ।’ स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले लेखेका छन्, ‘युक्रेन, स्पेन तपाइसँग उत्रिएको छ ।’ नर्वेका प्रधानमन्त्री जोनास गर स्टोरले लेखेका छन्, ‘हामीयो संघर्षमा युक्रेन र स्थायी शान्तिको पक्षमा छौँ ।’

स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसनले पनि युक्रेनको समर्थन गरेका छन् ।

उनले भनेका छन्, ‘स्वीडेन युक्रेनका साथ खडा छ । तपाईँ ९जेलेन्स्की० केवल आफ्ना लागि होइन, पूरै युरोपको स्वतन्त्रताका लागि लडिरहनुभएको छ ।’

आयरल्यान्डका उपप्रधानमन्त्री सिमोन ह्यारिसले लेखेका छन्, ‘युक्रेनलाई जारी युद्धका लागि दोषी मान्न सकिँदैन । हामी युक्रेनको साथमा छौँ ।’

ब्रिटेनका प्रधानमन्त्री किएर स्टार्मरले ट्रम्प र जेलेन्स्की दुवैसँग कुरा गरेका छन् । १० डाउनिङस्ट्रिटका प्रवक्ताले भनेका छन्, ‘उहाँ ९स्टार्मर०को युक्रेनलाई समर्थन जारी छ । उहाँ युक्रेनको सम्प्रभुता र सुरक्षालाई ध्यानमा राख्दै शान्तिको बाटो खोज्ने प्रयासरत हुनुहुन्छ ।’

ट्रम्प र जेलेन्स्की बीचको भनाभनपूर्ण वार्ताबारे अमेरिकी नेताहरूको प्रतिक्रिया पनि आइरहेको छ । अमेरिकी विदेशमन्त्री मार्को रूबियोले‘ सीएनएन’सँगको अन्तर्वार्तामा वार्तालाई पूर्णतया असफल भन्दै जेलेन्स्कीले माफी माग्नुपर्ने बताएका छन् ।

‘जेलेन्स्कीलाई यस्तो विरोधी व्यवहार गर्नुपर्ने आवश्यकता थिएन,’ उनले भनेका छन् ।

डेमोक्रेटिक सांसद चक शुमरले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘ट्रम्प र भान्स फोहोरी काम गरिरहेका छन् । सीनेट डेमोक्रेट्स स्वतन्त्रता र लोकतन्त्रका लागि लड्न कहिल्यै रोकिने छैनन् ।’

रिपब्लिकन सांसद डान बेकनले लेखेका छन्, ‘अमेरिकी विदेश नीतिका लागि एक नराम्रो दिन रह्यो । युक्रेन स्वतन्त्रता, फ्री मार्केट र काननी राज्य चाहन्छ । उ पश्चिमाको हिस्सा बन्न चाहन्छ । रुसले हामी र हाम्रो पश्चिमी मूल्य–मान्यतालाई घृणा गर्छ । हामीले स्पष्ट गरिदिनुपर्छ कि हामी स्वतन्त्रताको पक्षमा उत्रिएका छौँ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

झापामा मतदातासँगको भेटघाटकै बीचमा : ओलीको भावुक पोस्ट “झापाली स्नेह !”

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com