काठमाडौं १४ फागुन । तराई(मधेश जागरण अभियान सञ्चालन गरिरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु केही घण्टाका लागि मात्रै काठमाडौँ आइपुगेका छन्।
पार्टीले सञ्चालन गरेको अभियानको क्रममा कोसी प्रदेशको विराटनगरमा रहेका प्रचण्ड बुधबार दिउँसो काठमाडौँ आइपुगेका हुन्। उनी साँझ ५ बजे विराटनगर नै फर्किने बताइएको छ। विराटनगरबाट उनी सुनसरी पुग्नेछन्।
काठमाडौँमा रहँदा प्रचण्ड दिलबहादुर रम्तेल स्मृति दिवसमा आयोजित कार्यक्रममा सहभागी हुनेछ्न्। उक्त कार्यक्रम पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हुँदै छ।
ुआज शिवरात्रि भएकोले अभियानअन्तर्गतका कार्यक्रमहरू खाली राखिएको थियो,ु प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले नेपालखबरसँग भने, ुदिलबहादुर रम्तेलको स्मृति पनि हो। आजैदेखि पार्टीले सहिद सप्ताह पनि सुरु गरेको छ। उहाँले पार्टी कार्यालयमा उक्त कार्यक्रम पनि उद्घाटन गर्नुभयो।ु
आजै प्रचण्डले सुदूरपश्चिम प्रदेश सभामा दलको नेताका विषयलाई लिएर भइरहेको विवादबारे पनि खगराज भट्टसहितका नेतासँग पेरिसडाँडामै छलफल गर्नेछन्।
त्यस्तै उनले पार्टीअन्तर्गत उपत्यका सम्पर्क प्रदेशको विषयमा पनि आन्तरिक छलफल गर्ने आचार्यको भनाइ छ।








प्रतिक्रिया दिनुहोस्