ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इलामको जस्वीरे चिया उद्योगमा आगलागी, झन्डै ७ करोड रुपैयाँको क्षति


एबीसी न्यूज

काठमाडौं १४ फागुन । इलामको जस्वीरेमा रहेको जस्वीरे चिया प्रशोधन उद्योगमा गएराति आगलागी भएको छ । आगलागीबाट उद्योगमा रहेका चिया बनाउने मेशिन, स्टोर गरिएको चियासहित भौतिक संरचनामा क्षति पुगेको छ ।

उद्योगी शरद सुब्बाले १० वर्षयता उद्योग सञ्चालन गर्दै आउनुभएको थियो । सुब्बा नेपालकै सबैभन्दा उत्कृष्ट चिया बनाउने ‘टी मेकर’ का रूपमा चिनिनुहुन्छ ।

केही महिनाअघि काठमाण्डौमा आयोजना भएको ‘नेपाल टी च्यालेन्ज–२०२४’ मा नेपालका चिया उत्पादकबीच प्रतिस्पर्धा हुँदा उहाँ ‘सर्वोत्कृष्ट टी मेकर’ घोषित हुनुभएको थियो । उद्योगबाट ३५ भन्दा धेरै प्रकारका चिया तयार गरेर तेस्रो देशमा निर्यात हुँदै आएको थियो ।

प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो । आगलागीबाट झन्डै ७ करोड रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । प्रहरीका अनुसार क्षतिको पूर्ण विवरण सङ्कलन गर्ने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस सहमहामन्त्री फर्मूल्लाह मन्सूर पनि निष्कासित

कांग्रेस विवाद : देउवा पक्ष निर्वाचन आयोग पुग्यो, विशेष महाधिवेशन ‘नभएको’ दाबी

सम्बन्धित

कांग्रेस सहमहामन्त्री फर्मूल्लाह मन्सूर पनि निष्कासित

कांग्रेस विवाद : देउवा पक्ष निर्वाचन आयोग पुग्यो, विशेष महाधिवेशन ‘नभएको’ दाबी

कांग्रेस संकट गहिरो : गगन–विश्वलाई कारबाहीको निर्णय सुनाउँदा पूर्णबहादुर भावविह्वल

गगन र विश्वलाई देउवा पक्षले गर्‍यो ५ वर्षको कारबाही

केन्द्रीय कार्य समितिमा पूर्णबहादुरको ब्रिफिङः गगन–विश्वले धोका दिए, पार्टी फुटतिर गयो

कांग्रेस बैठकमा कानुन व्यवसायी पनि सहभागी, विशेष महाधिवेशनको चुनाव बेलुका ८ बजेमात्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com