काठमाडौं, १२ फागुन । पूर्व पराष्ट्रमन्त्री तथा राप्रपाका बरिष्ठ नेता डा.प्रकाश चन्द्र लोहोनी नेपालको अर्थतन्त्र उठ्नै नसक्ने गरि नविग्रएको बताएका छन् । उनले नेपालको अर्थतन्त्र समान्तवाद बाट नव सामन्तवाद तर्फ भएको बताए । उनले नव सामन्तवादमा नेपालको दक्ष जनशक्ति बाहिर पठाएर रेमिन्यान्स भित्राउने गरेको बताए । उनले नेपाल आफैले आफ्नो जनशक्तिले उत्पादन गरेको समानहरु पठाएर पैशा भित्राउनुपर्नेमा त्यसको ठिक उल्टो गरेको दावी समेत गरे । उनले श्रमशक्ति विदेश पठाए त्यो बापत आएको पैशाले देश चलेको र त्यसलाई परिवर्तन गर्नुपर्छ भन्ने कुनै पनि सरकारको चेत नखुलेको बताए । सरकारले युवाशक्ति बाहिर पठाएर उनिहरुले पठाएको पैशामा मोज गरेको बताए ।








प्रतिक्रिया दिनुहोस्