ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल ‘ग्रे’ लिष्टमा परेकोमा सांसदहरुको चिन्ता, नोटबन्दी गर्न माग !


ऋतु विचार

दोश्रो पटक पनि नेपाललाई एफटिएफ(फाइनान्सियल एक्सन टाक्स फोर्स)ले ‘ग्रे’ लिष्टमा राखेपछि आइतबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले प्रश्न उठाएका छन्।सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधि मामलामा निगरानी राख्ने अन्तरदेशीय अन्तर्राष्ट्रिय संस्था एफएटीएफले नेपाललाई आधिकारिक रूपमा ग्रे लिस्टमा राखेको भन्दै कांग्रेस सांसद अर्जुननरसिँह केसीले चिन्ता व्यक्त गरेका हुन्।

प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले यस्तो माग राखेका हुन् ।उनले नोटबन्दी गर्न पर्ने माग गरेका छन् ।हजार र पाँच सयका नोटमा प्रतिबन्ध लगाउनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साख र विश्वसनीयता स्थापना गर्न आजसम्मका चर्चित भ्रष्टाचार कान्डहरूको निष्पक्ष छानबिन गर्न पनि उनले न्यायीक आयोग गठनको माग गरेका छन्। पूर्वप्रधानन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय शक्तिशाली न्यायिक आयोग गठन गर्नुपर्नेमा उनको जोड रहेको छ।
ट्रान्सफरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचारको सूचकांकमा समेत नेपाल एक श्रेणी अगाडि परेको उल्लेख गर्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले उचित कदम चाल्नु सुझाए । यो विषयमा संसद्‍मा गम्भीर छलफल हुनुपर्ने उनको माग रहेको छ।

एफएटिएफले नेपाललाई ग्रे लिस्टमा राखेपछि बहस शुरु भएको छ। गएको शुक्रबार फ्रान्समा एफटिएफको बैठकले नेपाल लगायतका २५ बढी देशहरुलाई ग्रे लिष्टमा राखेको हो ।नेपालसहित युगाण्डा, अंगोला, बुल्ग्रेरिया क्यारुन लेबनान, सिरिया, नाइजेरिया लगायतका मुलुकहरु ग्रे लिष्टको सूचीमा परेका हुन्। नेपाल ग्रे लिष्टको सूचीमा परेपछि राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल चाँडै ग्रे लिष्टबाट बाहिर निस्कने दाबी गरेका छन्। यद्यपि त्यसका लागि नेपालले संरचनागत सुधारदेखि अभियोजनसम्मका विषयमा गम्भीररुपले कार्यान्वयन गर्नुपर्ने देखिन्छ। यस अघि सन २०१४ मा पनि नेपाल ग्रे लिष्टमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com