काठमाडौं ११ फागुन । भारतीय राज्य तेलंगानाको श्रीशैलम लेफ्ट बैंक नहर ९एसएलबीसी० सुरुङमा फसेका ८ मजदुरको उद्धार गर्न आइतबार बिहानैदेखि उद्धार टोली खटिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार भित्र काम गरिरहका बेला सुरुङमा पानी पसेर ८ कामदार थुनिएका छन्।
उद्धार टोलीले सुरुङको माटो निकाल्ने काम सुरु गरेको छ। तर सुरुङको कुन भागमा कामदार फसेका छन् भन्ने अहिलेसम्म खुल्न सकेको छैन।
सुरुङमा भएको दुर्घटनामा धेरै कामदार घाइते पनि भएका छन्।
उद्धारका लागि केन्द्र र प्रदेश सरकारका धेरै टोली घटनास्थलमा छन्।








प्रतिक्रिया दिनुहोस्