ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हमास लडाकु समूहले ६ जना बन्धक र इजरायलले ६ सय २ जना कैदीबन्दी रिहा गर्‍याे


एबीसी न्यूज

काठमाडौं ११ फागुन । प्यालेस्टिनी लडाकु समूह हमासले थप छ जना इजरायली बन्धक र इजरायलले छ सय दुई जना कैदीबन्दी मुक्त गरेको छ । हमास समूहले एवेरा मेन्गिस्टु, हिशाम अल–सयद, ओमेर शेम टोभ, एलिया कोहेन, ओमर वेन्कर्ट र ताल शोअमलाई दक्षिणी गाजाको रफाह शहरमा अन्तर्राष्ट्रिय रेडक्रसका प्रतिनिधिको जिम्मा लगाइएको हो ।

उनीहरूमध्ये चार जना इजरायलबाट सन् २०२३ अक्टोबर ७ तारिखमा लगेका रहेका छन् । अरू दुई जना सन् २०१४ र २०१५ मा बन्धक बनाइएका रहेका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसपटक पनि नेपालका विपिन जोशी रिहा हुन सकेनन् । हमास समूहले छ जना बन्धक मुक्त गरेलगत्तै इजरायलले पनि छ सय दुई जना प्यालेस्टनी कैदीबन्दीलाई रिहा गरेको छ । तीमध्ये ५० जनालाई आजीवन कारावासको सजाय सुनाइएको थियो । ६० जनाले लामो समयको कारावास सजाय भोगिरहेका थिए ।

अरूलाई कुनै आरोप बिना सन् २०२३ अक्टोबर ७ तारिखदेखि हिरासतमा राखिएको थियो । अरूलाई कुनै आरोप बिना सन् २०२३ अक्टोबर ७ तारिखदेखि हिरासतमा राखिएको थियो । हमास र इजरायलबीच झन्डै एक महिनाअघि युद्धविराम लागू भएयता सातौं पटक बन्धकहरू रिहा गरिएको हो ।

यो अवधिमा हमासले ३३ बन्धक रिहा तथा शव हस्तान्तरण गरेको छ । बदलामा इजारायलले झन्डै १९ सय प्यालेस्टिनी कैदीबन्दी रिहा गरेको छ । हमास लडाकु समूहले अझै ६१ जनालाई बन्धक बनाएको अनुमान गरिएको छ । तीमध्ये एक जना जोशी पनि रहेका ठानिएको छ । कञ्चनपुरका जोशी कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com