ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई साताभित्र चन्द्रमामा फोर–जी विस्तार गर्दै नोकिया


एबीसी न्यूज
फाल्गुन ६, २०८१ मंगलबार  ५ : ५६ बजे

काठमाडौं, ६ फागुन । नोकियाले चन्द्रमासम्म फोर–जी सञ्चार सेवा विस्तार गर्ने आफ्नो महत्त्वाकांक्षी योजनालाई अन्तिम रूप दिएको छ । यही फेब्रुअरीभित्र नोकियाले चन्द्रमामा फोर–जी सेवा सञ्चालनमा ल्याउने गरी आफ्नो ‘लुनार सर्फेस कम्युनिकेसन सिस्टम’लाई चन्द्रमामा बनाइएको ‘एथेना’ नामक बेस स्टेसनमा जोड्ने काम पूरा भएको कम्पनीको विज्ञप्तिमा भनिएको छ । यसले अन्तरिक्ष सञ्चार प्रविधिमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ ।
नासाको ‘टिपिङ पोइन्ट’ कार्यक्रमअन्तर्गत सञ्चालित उक्त परियोजनाले चन्द्रमाको सतहमा पहिलो सेलुलर नेटवर्क स्थापना गर्न लागेको हो । नोकिया बेल ल्याब्सको अत्याधुनिक फोर–जीरएलटीई प्रविधि प्रयोग गरिने यस प्रणालीलाई चन्द्रमाको कठोर वातावरण, अत्यधिक तापक्रम र विकिरण सहन सक्ने गरी डिजाइन गरिएको नोकियाले जनाएको छ ।
पृथ्वी र चन्द्रमाको दूरीका कारण अहिले चन्द्रमाबाट पृथ्वीसम्म सन्देश आदानप्रदान गर्न झन्डै डेढ मिनेटको समय लाग्ने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको ठहर छ । अहिले उपलब्ध प्रविधिका रेडियो वेभहरूमा समस्या देखिने र बारम्बार सञ्चार विच्छेद हुने गरेकोमा नोकियाको यो प्रविधिले भरपर्दो सेवा दिने दाबी गरिएको छ ।
चन्द्रमामा फोर–जी विस्तारका लागि झन्डै १ करोड ४१ लाख अमेरिकी डलर खर्च हुने र सम्पूर्ण खर्च नासाले व्यहोर्ने जनाएको छ । चन्द्रमाको दक्षिणी ध्रुवसहितको सतहमा महत्त्वाकांक्षी मिसनहरू सञ्चालन गर्न र चन्द्रमामा बसोबासकै प्रबन्ध गर्ने तयारीमा रहेको नासालाई भरपर्दो सञ्चार सेवाका लागि नोकियाले प्रविधिमा सहयोग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

सम्बन्धित

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

बालेनको मौन अभियानः पर्दापछिको रहस्यमय रणनीतिक आयाम

तनहुँ–१ को ‘ट्रिपल थ्रेट’ : स्वर्णिमको लहर कायम कि भगवती न्यौपानेले एमाले मत जोगाउँछिन्?

सी जिनपिङको सैन्य सफायाका असहज संकेत

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com