ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिमाल नांगिएको भन्दै देउवाद्वारा चिन्ता व्यक्त


एबीसी न्यूज

काठमाडौं ५ फागुन । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका कारण नेपालका हिमालहरू नाङ्गिएकोप्रति चिन्ता व्यक्त गरेका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा गैरसरकारी संस्थासम्बन्धी कांग्रेसको नीति विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले हिमालको हिउँ पग्लिएर हिमाल नांगो भएकोप्रति गुनासो गरेका हुन्।

उनले जलवायु परिवर्तनले नांगो भएका हिमालहरू कसरी जोगाउने भन्नेबारेमा गैरसकारी संस्थाहरूले नीतिगत पैरवीदेखि हिमाल जोगाउने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले जलवायु परिवर्तनको समस्या नेपालमा दिनप्रतिदित बढ्दै गएको बताए।

‘वास्तवमा नेपालमा सामाजिक सेवा गर्ने संस्था तथा नागरिक समाजको स्थापना, विकास र कामको अवस्था र स्वरुप फरक फरक देखिन्छ । गैरसकारी संस्थाहरूप्रतिको समय र सन्दर्भसँगै सामाजिक न्याय, लोकतन्त्र र मानव अधिकार, सुशासन, आर्थिक समृद्धि र समावेशी सिद्धान्तमा आधारित अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई अंगीकार गरी सरकारको सहयोगीको रुपमा काम गर्ने संस्थाहरू हुन्, उनले भने, ुयी संघसंस्थाहरू भित्र पनि सुशासन, पारदर्शीता र आन्तरिक लोकतन्त्र मजबुत हुनुपर्छ भन्ने आवाज छ। हाम्रा हिमालहरू नाङ्गिरहेका छन् । गैरसरकारी संस्थाहरूले हिमाल कसरी जोगाउने भन्ने विषयमा सामुदायिक सचेतनादेखि नीतिगत पैरवी गर्न आवश्यक छ। अहिले क्लाइमेट चेन्जले पनि धेरै समस्या पारेको छ । यस सम्बन्धी धेरै ध्यान दिने विश्वास लिएको छु।’

सभापति देउवाले नेपालको सामाजिक विकासमा गैरसकारी संस्थाहरूले खेलेको भूमिका प्रशंसनीय रहेको बताए। मानव अधिकार, सुशासन, समावेशीलगायतका विषयमा गैरसकारी संस्थाहरूले प्रभावकारी काम गर्दै आएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुनसरीमा ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु

अमेरिकाले नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा रोक्यो

सम्बन्धित

कांग्रेसको वेबसाइटबाट हटाइयो गगन, विश्व र फरमुल्लाहको नाम

गगन थापा नेतृत्वको कांग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त

सुनसरीमा ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु

अमेरिकाले नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा रोक्यो

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

आज माघे संक्रान्ति पर्व मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com