ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चरम लापरबाही गर्दा दुर्घटनामा अर्थमन्त्री र मेयर


एबीसी न्यूज
फाल्गुन ३, २०८१ शनिबार  ८ : ०७ बजे

काठमाडौं, ३ फागुन । २० लाख आन्तरिक र वाह्य पर्यटक भित्र्याउने लक्ष्य राख्दै शनिबार अपराह्न कास्कीस्थित पोखराको प्रदर्शनी केन्द्रमा ‘पोखरा भ्रमण वर्ष’ घोषणा समारोह हुँदै थियो ।
समारोह उद्घाटन र भ्रमण वर्ष घोषणा कार्यक्रमका प्रमुख अतिथी थिए – नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल । पौडेललाई भ्रमण वर्ष आयोजक पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सघाउँदै थिए ।
उद्‌घोषक मञ्चमा भट्याउँदै गर्दा अर्थमन्त्री पौडेल र मेयर आचार्य मञ्चको अगाडि उभिएर भ्रमण वर्ष उद्घाटन र भ्रमण वर्षकै लोगो अनावरण गर्न खोज्दै थिए ।प्रविधिको नाममा स्टेजमा जताततै आगोको लप्का छाड्ने ‘स्पार्क मेसिन’ चलाइएको थियो । त्यसैको नजिक अति प्रज्वलनशील हाइड्रोजन ग्यास भरिएको बेलुनको दुई ठूला झुप्पा नचाइँदै थियो ।
उद्घोषक भन्दै थिए – ‘यो विज्ञान र प्रविधिको शताब्दी हो, अहिले एआई (कृत्रिम बौद्धिकता)ले धेरै फड्को मारिरहेको बेलामा हामी कम्तिमा प्रविधिमा जानुपर्छ । यहाँहरूले ठाउँठाउँबाट प्रज्वलन भएको देखिरहनुभएको छ । स्वीच अन भइसकेको छ, जोडदार ताली‘त्यहाँ पानस माथि उठिराखेको छ र‘बल्यो । ताली ताली‘जोडदार तालीका साथ‘पोखरा भ्रमण वर्षको हामी लोगो अनावरण गर्दैछौँ । यसलाई पनि स्वीच अन गरेर‘यो यो‘हामी‘’
स्पार्क मेसिनले फालिरहेको आगोको झिल्का र त्यसै नजिक नचाइँदै गरिएको हाइड्रोजन बेलुनका झुप्पा । मञ्चभन्दा तल रहेका सहयोगीले मन्त्री पौडेल र मेयर आचार्यलाई अति(प्रज्वलनशील हाइड्रोजन भरिएको बेलुको एक(एक झुप्पा दिए । मन्त्री र मेयर उभिएको मञ्चको दायाँ(बायाँ, अघि,पछि चारैतिर स्पार्क मेसिनले आगो ओकलिरहेको थियो ।
उद्घोषकको बोली एकाएक रोकियो । किनकी भ्रमण वर्षको लोगो झुण्ड्याएर आकाशतिर उडाउन मन्त्री र मेयरद्वयले हातमा लिएको हाइड्रोजनले भरिएको बेलुन बिस्फोट भइसकेको थियो । मन्त्री पौडेल र मेयर आचार्यको अनुहारमै तीव्र गतिको ठूलो ज्वाला परेको थियो । उद्घोषकले हौसिँदै भनिरहेको ‘विज्ञान र प्रविधिको शताब्दी’का मन्त्री र मेयरले सुरक्षा असावधानीयुक्त मञ्चमा उद्घाटन र घोषणा गर्न ठूलो दुर्घटना ब्यहोरे । आगोको लप्कामै परेर जलेको अनुहार लिएर उनीहरू मञ्चमा कुद्न थाले ।
आगोको ज्वालाबाट घाइते मेयर आचार्यलाई सुरक्षाकर्मी समेतले उद्दार गरी पोखरास्थित फिस्टेल अस्पताल पुर्‍याए । अनुहार र हात जलेर घाइते भएका उपप्रधानमन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल पुर्‍याइयो ।
पोखरामा प्राथमिक उपचार गरेका चिकित्सकहरूले दुबैलाई तुरुन्त बर्न अस्पतालमा पुग्न सुझाए । फिस्टेल एअरको हेलिकोप्टरमा राखेर दुबै जनालाई काठमाडौं ल्याइयो ।यतिखेर पौडेल र आचार्य दुबै जनालाई काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको छ ।
थप उपचारका लागि काठमाडौं उड्नै लाग्दाको तस्बिरमा अर्थमन्त्री पौडेलको बायाँ हातमा सेतो पट्टी (ब्यान्डेज) बेरिएको देखिएको छ । उनको अनुहारमा पनि आगोले पोलिएको तस्बिरमा देखिन्छ । महानगर प्रमुख आचार्यको अनुहार पनि आगोले पोलिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

सम्बन्धित

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

जाँचबुझ आयोगको म्याद २५ दिन थपियो, चुनावअघि प्रतिवेदन नआउने

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

सप्तरीको चुनावी माहोल: ‘हल्लाको राजनीति’ हावी, मधेशका एजेन्डा संकटमा परे — डा. सीके राउत

झापा ५ मा ओलीको नयाँ विकास वाचा : ‘ दैलेख ग्यास उत्खनन् तत्काल, सिलिन्डरबाट मुक्ति

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com