काठमाडौ, १३ असार । गृहमन्त्री जनार्दन शर्माले गृह प्रशासनः सुधार मार्गचित्र सार्वजनिक गर्नु भएको छ ।
गृहमन्त्री शर्माले प्रहरी संगठनभित्र गुटबन्दी अन्त्य गर्ने प्रतिवद्धतासहितको ‘गृह प्रशासनः सुधार मार्गचित्र’ सार्वजनिक गर्नु भएको हो । मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘गृह प्रशासन सुधारः मार्गचित्र’मा सुरक्षा संगठन बाहिर र भित्रको गुटबन्दी, लविङ तथा व्यक्तिगत स्वार्थ केन्द्रित गतिविधि पूर्ण रुपमा निषेध गर्ने उल्लेख गरिएको छ । गृहमन्त्री शर्माले सुरक्षा निकाय भित्रका गुनासाहरु सम्बोधन गर्न चेन अफ कमान्डभित्रै उपयुक्त संयन्त्र बनाउने घोषणा गर्नु भयो । उहा“ले पदीय मर्यादा विपरित गतिविधि गरे कडा कार्वाही हुने चेतावनी पनि दिनु भयो । सुरक्षा निकायका कर्मचारीलाई घरेलु कामदारको रुपमा दुरुपयोग हुने कार्यको अन्त्य गर्ने प्रतिवद्धता पनि गृहमन्त्री शर्माले व्यक्त गर्नु भयो । उहा“ले गृह प्रशासनलाई जिम्मेवार बनाउने बताउनु भएको छ।
गृहमन्त्री शर्माले सुरक्षा निकायमा रिक्त रहेका पदहरुमा १ महिनाभित्र बढुवा प्रक्रिया अघि बढाउने बताउनु भयो । नेपाल प्रहरी, सशष्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न निश्चित मापदण्ड बनाउने पनि ‘गृह प्रशासनः सुधार मार्गचित्र’मा उल्लेख गरिएको छ । गृहमन्त्री शर्माले सुरक्षा निकायको सेवा अवधि सम्बन्धमा देखिएको विवाद अन्त्य हुने दावी समेत गर्नु भयो । उहा“ले प्रहरी उपरीक्षकभन्दा माथि बढुवा हुनका लागि निश्चित पाठयक्रममा आधारित सुरक्षा कोर्ष पास हुनुपर्ने गरी कानुनी व्यवस्था गर्ने बताउनुभयो । गृहमन्त्री शर्माले राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण गर्ने प्रवृत्ति, सोच र कार्यशैली अन्त्य गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । गृह प्रशासन सुधार मार्गचित्रमा अंगभंग भएकाहरुको स्वास्थ्य सेवा र सम्मानजनक अवकाशको व्यवस्था मिलाउने, गुनासो सुनुवाई गर्न टोल फ्रि नम्बरको व्यवस्था गर्ने, अवरुद्ध राजमार्ग आधा घण्टाभित्र खुलाउन बल प्रयोग गर्ने, विरोध प्रदर्शन गर्न निश्चित ठाउँ तोक्ने पनि उल्लेख गरिएको छ । गृहमन्त्री शर्माले पा“च वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचय पत्र उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।
यस्तै गृहमन्त्री जनार्दन शर्माले स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था गरिएको बताउनुभएको छ ।
गृहमन्त्री शर्माले सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएकाले निर्धक्क भएर मतदानमा सहभागी हुनसबैमा अपिल गर्नुभयो ।
अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन वटा घेरा बनाई निर्वाचनको सुरक्षा व्यवस्था गरिएको जनाइएको छ । बुधबार प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्