ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृह प्रशासन सुधार्न के गर्दैछन् गृहमन्त्री ?


admin
असार १३, २०७४ मंगलबार   ३ : ५९   बजे

काठमाडौ, १३ असार । गृहमन्त्री जनार्दन शर्माले गृह प्रशासनः सुधार मार्गचित्र सार्वजनिक गर्नु भएको छ ।
गृहमन्त्री शर्माले प्रहरी संगठनभित्र गुटबन्दी अन्त्य गर्ने प्रतिवद्धतासहितको ‘गृह प्रशासनः सुधार मार्गचित्र’ सार्वजनिक गर्नु भएको हो । मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘गृह प्रशासन सुधारः मार्गचित्र’मा सुरक्षा संगठन बाहिर र भित्रको गुटबन्दी, लविङ तथा व्यक्तिगत स्वार्थ केन्द्रित गतिविधि पूर्ण रुपमा निषेध गर्ने उल्लेख गरिएको छ । गृहमन्त्री शर्माले सुरक्षा निकाय भित्रका गुनासाहरु सम्बोधन गर्न चेन अफ कमान्डभित्रै उपयुक्त संयन्त्र बनाउने घोषणा गर्नु भयो । उहा“ले पदीय मर्यादा विपरित गतिविधि गरे कडा कार्वाही हुने चेतावनी पनि दिनु भयो । सुरक्षा निकायका कर्मचारीलाई घरेलु कामदारको रुपमा दुरुपयोग हुने कार्यको अन्त्य गर्ने प्रतिवद्धता पनि गृहमन्त्री शर्माले व्यक्त गर्नु भयो । उहा“ले गृह प्रशासनलाई जिम्मेवार बनाउने बताउनु भएको छ।
गृहमन्त्री शर्माले सुरक्षा निकायमा रिक्त रहेका पदहरुमा १ महिनाभित्र बढुवा प्रक्रिया अघि बढाउने बताउनु भयो । नेपाल प्रहरी, सशष्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न निश्चित मापदण्ड बनाउने पनि ‘गृह प्रशासनः सुधार मार्गचित्र’मा उल्लेख गरिएको छ । गृहमन्त्री शर्माले सुरक्षा निकायको सेवा अवधि सम्बन्धमा देखिएको विवाद अन्त्य हुने दावी समेत गर्नु भयो । उहा“ले प्रहरी उपरीक्षकभन्दा माथि बढुवा हुनका लागि निश्चित पाठयक्रममा आधारित सुरक्षा कोर्ष पास हुनुपर्ने गरी कानुनी व्यवस्था गर्ने बताउनुभयो । गृहमन्त्री शर्माले राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण गर्ने प्रवृत्ति, सोच र कार्यशैली अन्त्य गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । गृह प्रशासन सुधार मार्गचित्रमा अंगभंग भएकाहरुको स्वास्थ्य सेवा र सम्मानजनक अवकाशको व्यवस्था मिलाउने, गुनासो सुनुवाई गर्न टोल फ्रि नम्बरको व्यवस्था गर्ने, अवरुद्ध राजमार्ग आधा घण्टाभित्र खुलाउन बल प्रयोग गर्ने, विरोध प्रदर्शन गर्न निश्चित ठाउँ तोक्ने पनि उल्लेख गरिएको छ । गृहमन्त्री शर्माले पा“च वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचय पत्र उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

यस्तै गृहमन्त्री जनार्दन शर्माले स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था गरिएको बताउनुभएको छ ।
गृहमन्त्री शर्माले सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएकाले निर्धक्क भएर मतदानमा सहभागी हुनसबैमा अपिल गर्नुभयो ।
अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन वटा घेरा बनाई निर्वाचनको सुरक्षा व्यवस्था गरिएको जनाइएको छ । बुधबार प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कृषि र उर्जा उज्यालोको मुल मुद्धा ः उज्यालो पार्टी,उपाध्यक्ष, डा. लावती भिडियो ।

प्रधानमन्त्री साहले राजीनामा दिनुपर्छ ः एमाले नेता, सुवेदी भिडियो

सम्बन्धित

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

सर्वोच्चको फैसला– ‘चेक बाउन्स गरे रकम मात्र होइन, ब्याज पनि तिर्नुपर्छ’

सुकुमवासी व्यवस्थापनबारे प्रधानमन्त्री– ३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौं

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group