काठमाडौं १ फगुन । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले तरुण दलको अधिवेशन तोकिएकै मितिमा हुने दाबी गरेका छन्। तरुण दलको केन्द्रीय समिति र जिल्ला अध्यक्षहरूको संयुक्त बैठकमा उनले यस्तो बताएका हुन्।
अध्यक्ष गुरूङले महाधिवेशनका विषयमा संका नगर्न आग्रह गर्दै निर्धारित समयमा हुने बताए। उनले जिल्लामा भएकाहरू एक ढिक्का भएर अघि बढ्न आग्रह गर्दै महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि खटाइसकेको जानकारी गराए।
जिल्लामा केन्द्रीय सदस्यले पूर्णकालीन सदस्यताको वितरण फागुन २९ गतेभित्रै पठाउन उनले निर्देशन दिए। जिल्लामा सदस्यताको विषय टुंगिएपछि चैत २ र ३ गते बैठक बसेर महाधिवेशन तालिका सार्वजनिक गरिने उनको भनाइ छ।
तरुण दललगायत अन्य भ्रातृ संगठनको चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गर्न पार्टी केन्द्रीय समितिले महाधिवेशन निर्देशन समितिको गठन गरेको छ।








प्रतिक्रिया दिनुहोस्