ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सन् २०२६ भित्र नेपाललाई विकासशील राष्ट्र बनाउँछौँ – अर्थमन्त्री पौडेल


एबीसी न्यूज

काठमाडौं ३० माघ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तीव्र विकासमार्फत सन् २०२६ सम्म नेपाललाई विकासशील राष्ट्र बनाउने बताएका छन् । बुधबार माप्यदूधकोशी गाउँपालिकाको अध्यक्ष कप तथा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले वर्तमान सरकार भौतिक र मानवीय विकासमा लागिपरेको र देशको अर्थतन्त्र चलायमान भएको बताएका हुन् ।

विदेशमा भएका युवालाई नेपाल भित्र्याएर समृद्ध देश बनाउने सरकारको उद्देश्य रहेको अर्थमन्त्री पौडेलको भनाइ छ । वर्तमान सरकारले विकास निर्माणको काम गरेकाले सन् २०२६ सम्म नेपाल विकासशील सूचीमा समावेश हुने ठोकुवा गरे । कांग्रेस(एमालेको सरकारले देशलाई स्थायित्व दिने उनको दाबी छ ।

सरकारले सोलुखुम्बु र मुस्ताङमा हाई अल्टिच्युड रंगशाला बनाउनेसमेत अर्थमन्त्री पौडेलले घोषणा गरेका छन् । दुई जिल्लाको उच्च स्थानमा रंगशाला बनाउन बजेट विनियोजन गर्ने भन्दै अर्थमन्त्रीले खेलकुद पर्यटनको विकासमा सरकार दृढ रहेको बताए । अब हाई अल्टिच्युडमा खेल खेल्न विश्वभरका मान्छे नेपाल आउने उनको कथन छ ।

कार्यक्रममा रक्षामन्त्री मानवीर राइले सोलुखुम्बुको भौतिक विकासमा आफूले सक्दो पहल गरेको बताए । गाउँपालिका अध्यक्ष बुद्धिकिरण राइले सल्लेरी(माप्य(लुक्ला सडकखण्ड कालोपत्र गर्न माग गरे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com