काठमाडौं ३० माघ । संघीय निजामती सेवामा समूह बढाएर ११ वटा पुर्याइएको छ। नेपाल सूचना प्राविधिक सेवा समूह थप गर्दै ११ पुर्याइएको हो।
आज बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिले प्रस्तावित विधेयकको दफा ५ पास गरेको समितिका सभापति रामहरि खतिवडाले नेपालखबरलाई जानकारी दिए।
ुनेपाल सूचना प्राविधिक सेवा समूह थपेर अब सेवा समूह ११ पुर्याउने निर्णय भयो,ु खतिवडाले भने,ुसंसद् सेवा र स्वास्थ्य सेवाबारे चाहिँ कुनै निर्णय भएन।ु
संसद् सेवा र स्वास्थ्य सेवा समूहबारे सरकारले आवश्यक तयारी नपुगेको र प्रावधानहरू थप गर्नुपर्ने बताएपछि रोकिएको खतिवडाले भनाइ छ।
निजामती सेवामा नेपाल प्रशासन सेवा, नेपाल लेखापरीक्षण सेवा, नेपाल वन सेवा, नेपाल विविध सेवा, नेपाल शिक्षा सेवा, नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा, नेपाल इन्जिनियरिङ सेवा, नेपाल कृषि सेवा, नेपाल न्याय सेवा र नेपाल परराष्ट्र सेवा पनि निजामती सेवाअन्तर्गत पर्नेछन्।








प्रतिक्रिया दिनुहोस्