ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट अब १ हजार मेगावाट विद्युत् आयात–निर्यात हुने


एबीसी न्यूज

काठमाडौं ३० माघ । हाल सञ्चालनमा रहेको अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४ सय किलोभोल्ट प्रसारण लाइनबाट हुने विद्युत् आयात–निर्यात परिमाण अब ८ सय मेगावाटबाट १ हजार मेगावाट पुर्‍याइने भएको छ ।

मंगलबार नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशन समिति बैठकमा दुई देशबीच यस्तो सहमति भएको हो ।
समितिको १२औं बैठकमा नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य र भारत सरकारको विद्युत् मन्त्रालयका सचिव पंकज अग्रवालले नेतृत्व गरेका थिए ।

उक्त बैठकले ९ माघमा सम्पन्न सहसचिव स्तरीय संयुक्त कार्यदलको बैठकले सिफारिस गरेका विषयमा छलफल गरेको हो ।

बैठकमा नेपाल–भारत बीच विद्यमान विद्युत् प्रसारण लाइन, निर्माणाधीन तथा प्रस्तावित अन्तरदेशीय प्रसारण लाइन, अन्तरदेशीय विद्युत् आयात–निर्यात लगायत विषयमा छलफल भएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बैठकमा चमेलिया–जौलिजिबीबीचको २२० किलोभोल्ट डबल सर्किट प्रसारण लाइनको विस्तृत परियोजना प्रतिवेदन सन् २०२५ सम्म तयार पार्ने सहमति समेत भएको छ ।

नेपाल खण्डको प्रसारणलाइन नेपाल विद्युत् प्रािधकरण र भारततर्फको लाइन पावर ग्रिडले २०२५ सम्म बनाइ सक्ने सहमति समेत भएको छ ।

नेपाल–भारतबीच इनरुवा–न्यु पूर्णिया र दोधारा–बरेलीबीच ४ सय किलोभोल्ट क्षमताका अन्तरदेशीय प्रसारण लाइन निर्माण कार्य २०३० सम्म सम्पन्न गर्ने समेत सहमतिमा उल्लेख छ ।

यसका लागि नेपालतर्फको प्रसारण लाइनको ५१ प्रतिशत र भारतको पावर ग्रिडको ४९ प्रतिशत एवं भारततर्फको प्रसारण लाइनका लागि पावर ग्रिडको ५१ प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४९ प्रतिशत स्वपूँजी रहने गरी मोडालिटी तय गर्ने सहमति समेत भएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

यस्तो कम्पनी एक महिनाभित्र स्थापना हुने भएको छ । सन् २०३४र३५ सम्मका लागि नेपालबाट थप विद्युत् भारत निर्यात गर्न अन्तरदेशीय प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन तयार गरी निर्माण र विस्तार गर्ने सहमति समेत भएको छ ।

जसमा निजगढरहरनैया–मोतिहारीबीच ४ सय केभी प्रसारणलाइन २०३४र३५ सम्म निर्माण गर्ने, कोहलपुर–लखनउबीच ४ सय केभी, ढल्केबर–मुजफ्फरपुरबीच ४ सय केभी प्रसारण लाइनमा उच्च क्षमताको कन्डक्टरले प्रतिस्थापन गर्ने सहमति समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

ओलीको कडा टिप्पणी: ‘रविको मुद्दा फिर्ता महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा कलंक’

सम्बन्धित

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

महान्यायाधिवक्ताको कार्यालयको भूमिका: पहुँच र स्वार्थको छायाँमा फौजदारी न्याय प्रणालीको संकट

ओलीको कडा टिप्पणी: ‘रविको मुद्दा फिर्ता महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा कलंक’

ट्रम्पको विदेश नीतिको पछाडिको ‘महान रणनीति’

गगन थापाको दाबी: ‘निर्वाचन आयोगले चिन्ने पार्टी विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेस हो’

गगनलाई घोषणापत्र, विश्वलाई परिचालनको जिम्मेवारी – देउवाका पुराना सारथिहरूको ठूलो सङ्ख्या नयाँ टिममा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com