ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आहारारा पोखरा गोल्डकपको २५०औं खेलमा भिड्दै पुलिस र चर्च ब्वाइज


एबीसी न्यूज

काठमाडौं ३० माघ । नेपाली फुटबलमा आहारारा पोखरा गोल्डकपको छुट्टै इतिहास छ । यसले नेपाली फुटबलमा पनि राम्रो योगदान गरेको छ । क्याराभान गोल्डकपको नामबाट २०५८ सालमा सुरु भएको आहारारा गोल्डकप अहिले जवान भइसकेको छ ।

अहिले पोखरामा २४औ संस्करण चलिरहँदा यसले अर्को इतिहास रच्दैछ । आहारारा पोखरा गोल्डकपको २५०औं खेल आज हुँदैछ । २४औं आहारारा गोल्डकपको पहिलो सेमिफाइनल नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच आज बुधबार हुँदैछ ।

पोखरा रंगशालामा बुधबार पुलिस र चर्च ब्वाइज मैदान उत्रँदा यस प्रतियोगिताले पनि एउटा कोशेढुंगा पार गर्नेछ । अनि त्यो इतिहासको साक्षी बन्ने दुई क्लबको पनि रोचक इतिहास छ ।

पुलिस सुरूवाती क्याराभान कपको च्याम्पियन । लगातार तीन पटक आहारारा पोखरा गोल्डकप जितेर उपाधिमा ह्याट्रिक गर्ने पहिलो र एकमात्र टोली ।
अनि मनाङ मर्स्याङ्दी समान सर्वाधिक ६ पटक उपाधि जितेर सबैभन्दा सफल टोली । अहिलेसम्म भएका २४ मध्ये २०६३ साल बाहेक सबै संस्करण खेल्ने एक्लो टोली ।
उता चर्च ब्वाइज नेपाली घरेलु फुटबलमा उदाउँदै गरेको क्लब । पछिल्लो पटक भएको सहीद स्मारक ए डिभिजन लिगको विजेता हो चर्च ब्वाइज । चर्च ब्वाइजको इतिहासम त्यति मात्र होइन चर्च ब्वाइजले सी देखि ए डिभिजनसम्म लगातार च्याम्पियन बनेर मनाङ मर्स्याङ्दीले राखेको कीर्तिमान समेत बराबरी गरेको थियो ।ऐतिहासिक खेलका लागि पुलिस र चर्च ब्वाइज जत्तिको टोली अरु कुन होला ररु

सुरूमा क्याराभान गोल्डकपको रूपमा प्रतियोगिता स्थापना हुँदा पहिलो खेल आयोजक सहाराको सहारा सेतो र नक्साल युवा मण्डलबीच भएको थियो । उक्त खेलमा सहारा सेतो १(० ले विजयी भएको थियो ।

यस्तै प्रतियोगिताको ५०औं खेल २०६२ सालमा मनाङ मर्स्याङ्दी र एपीएफबीच भएको खेल मनाङले २(१ ले जितेको थियो । प्रतियोगिताको १००औं खेल २०६७ सालमा सहारा क्लब र धरान एफसीबीच भएको उद्घाटन खेल थियो । उक्त खेलमा सहारा २(१ ले विजयी भएको थियो ।

१५०औं खेल २०७१ सालमा भएको थ्रीस्टार र झापा ११ बीचको थियो । उक्त खेलको नतिजा थ्री स्टारको पक्षमा थियो २(०। २०७६ सालमा मनाङ र झापा ११ बीच भएको खेल आहरारा पोखरा गोल्डकपको २००औं खेल थियो । अब २५०औं खेल नेपाल पुलिस क्लब र चर्च ब्वाइजबीच हुनेछ ।

२०५८ सालदेखि २०७४ सालसम्म हरेक संस्करणमा ११(११ खेल भएका थिए । त्यसपछि केही संस्करणमा टिम संख्या घट्यो । जसले गर्दा २०७५, ७६, ७८ र ७९ सालमा १० टिम मात्र सहभागी भए भने २०७७ सालमा जम्मा ८ टिमले खेलेका थिए ।

१० टिम सहभागी हुँदा ९(९ खेल भए भने ८ टिम सहभागि हुँदा ७ खेल मात्र भए । गत वर्ष देखि अर्थात २०८० सालदेखि फेरि १२ टिम नै सहभागी हुन थालेका थिए र त्यसले यस संस्करणमा पनि निरन्तरता पाएको छ ।

पुलिसको ५०औं खेल

आहारारामा आजको खेलमा अर्को पनि इतिहास बन्नेछ । त्यो अरू कुनै क्लब नभएर नेपाल पुलिस क्लब नै हो । नेपाल पुलिस क्लबले पनि आहरारामा आफ्नो ५०औं खेल खेल्नेछ ।

पुलिस ५०औं खेल खेल्ने दोस्रो क्लब हुनेछ । मनाङ मर्स्‍याङ्दीले सर्वाधिक ५२ खेल खेलिसकेको छ । यसपटक भने मनाङ सहभागी भएन । यसअघि २०६४ र ६५ सालमा पनि मनाङ सहभागि थिएन । मनाङ १६ वर्षपछि आहारारामा सहभागी नभएको हो ।

अहिलेसम्म २३ पटक ९२४औं संस्करणसहित० सहभागी हुँदा ६ पटक उपाधि जितेको पुलिस यसअघि खेलेका ४९ खेलमध्ये ३३ खेल जितेको छ भने १६ खेलमा मात्र पराजित भएको छ ।

पुलिसले १० पटक फाइनल खेल्दा ६ पटक उपाधि जित्न सफल भएको थियो भने ४ पटक फाइनलमा पराजित भएको थियो । यसैगरी ४ पटक सेमिफाइनलमा पराजित हुँदा ५ पटक क्वाटरफाइनलमा पराजित भएको छ । ३ पटक भने पुलिस पहिलो चरण अर्थात प्रि क्वाटरफाइनलमै पराजित भएको थियो ।

पुलिसले सुरूवाती ३ संस्करणमा ८ खेलमा अपराजित थियो । नवौँ खेलमा मनाङ मर्सयाङ्दीसँग पराजित भएको थियो ।

त्यसपछि पुलिसले २०६४ देखि २०६६ सालसम्म लगातार तीन पटक उपाधि जित्दा पुलिसले लगातार ९ खेल जितेको थियो । २०६७ सालमा पनि आफ्नो पहिलो खेल जितेर लगातार १० खेल जितेको पुलिस त्यस संस्करणमा सेमिफाइनलमा थ्री स्टारसँग पराजित भएको थियो ।

पुलिसले पछिल्लो पटक २०७४ सालमा उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com