काठमाडौं ३० माघ । नेपाल समाजवादी पार्टी नयाँ शक्ति को नेतृत्व चयनका लागि भएको चुनावको मत गणना आज हुँदै छ।
नेसपा नयाँ शक्तिको प्रथम महाधिवेशनअन्तर्गत भएको मतदान मंगलबार मध्यराति सकिएको हो।
एक प्रतिनिधिका अनुसार अब अहिले बिहान १० बजे आसपास मतगणना सुरु हुने छ। नेसपा नयाँ शक्तिको अध्यक्षमा डा। बाबुराम भट्टराई र नेत्र चापागाईं प्रतिस्पर्धामा छन्।








प्रतिक्रिया दिनुहोस्